के तपाईं आफूले माया गर्ने कसैसँग सम्बन्ध तोड्ने उपायहरू खोजी गर्दै हुनुहुन्छ??

सबिता आचार्य,
जब कसैले सम्बन्ध तोड्ने निर्णय गर्दछ उसलाई कुनै पनि राम्रो करणको आश्यकता पर्दैन र हामी कुनै पनि सम्बन्धमा यो कारणले हुन्छौ कि उसले हामीलाई हरेक कुरामा सर-सहयोग गरोस,मदत गरोस अनि माया गरोस त्यसैले त हामी कुनै पनि सम्बन्धमा यति धेरै लिप्त हुन्छौ कि हामीलाई अरु कुनै पनि कुराको ख्याल सम्म हुदैन त ब्रेकअप ह्यान्डल गर्नलाई निकै गारो त हुने गर्दछ नैँ हामीले आफ्नो दिमागमा यो कुरा पनि राख्नु पर्दछ ता कि हामीलाई एकदमै ठुलो आत्मशक्तिको आवश्यक पर्ने वाला छ र जब हामी आफुले माया गरेको मान्छेसंग टाढा जाने निर्णय गर्छौ नि तब हामीलाई शारीरिक भन्दा पनि मानिसिक अनि मुटुमा धेरै नै ठुलो पिडा हुने गर्दछ र यसै कारणले गर्दा त भन्ने गरिन्छ कि माया सधै गुलाबको ओछ्यान सरह हुदैन र कहिले कहिले कहिँ हामी त्यसमा काँडा पनि भेट्ने गर्छौ|

ब्रेकअप यस्तो ठुलो पिडा हो जुन तपाईलाइ कुनै पनि रिलेसनले दिने गर्दछ र जब हामी आफुले माया गरेको मानिससंगको ब्रेकअपको कुरा मात्र पनि गर्छौ नि तब हामीलाई हाम्रो जिउमा काडा उम्रेको जस्तो अनुभूति हुने गर्दछ र आफुले माया गरेको मानिससंगको ब्रेकअपको कुरा सोच्न पनि सकिदैन तर हाम्रो जीवनमा कहिले काही यस्तो पनि समय आउछ जहाँ हामीसंग कुनै पनि अरु उपाय हुदैन बस उसंग ब्रेकअप गर्ने अनि अगाडी बढ्ने र हो यो भने जति सजिलो छैन किनकि हामी आफुले मन नपराएको या आफुले हेट गर्ने गरेको मनिससंग ब्रेकअप गर्न आटेको हैनौ र हामी त्यो व्यक्ति संग ब्रेकअप गर्ने सोच बनाउदै छौँ जो संग हामीले अपार माया अनि प्रेम गरेको छौँ नि अझै गर्दै छौँ|

आफुले बिताएका ति पल जुन एकदमै राम्रा र सम्झनालाएक नै थिए ति पलहरुलाई बिर्सन एकदमै गारो हुने गर्दछ र किनकि ति पल हामीले आफुले माया गर्ने मानिससंग बिताएका हौँ र हामी आफुले माया गरेको मानिससंग कसरि ब्रेकअप गर्ने भन्ने कुरा नितान्त हामीमा भर पर्ने कुरा हो र हामी हाम्रो ब्रेकअपलाइ एकदमै नराम्रो बनाउन चाहान्छौ या केहि हद सम्म भए पनि राम्रो तरिकाले छुटिन चाहन्छौँ त्यो हामीमा भर पर्ने कुरा हो र उनीहरुको साथ बिना बाच्न एकदमै गारो हुनेछ किनकि ब्रेकअप पछि उनीहरु हाम्रो जीवनमा हुने छैनन् र उनिहरुको अनुपस्थितिले सायद हामीलाई धेर हद सम्म गारो पनि बनाउन सक्छ तर माया गर्नु भनेको उनीहरु आफ्नो जीवनमा हुनु मात्र राम्रो हैन यदि तपाइको जीवन उनीहरु बिना पनि चल्न सक्छ भन्ने लाग्छ भने त्यो सम्बन्धबाट टाढा रहनु नै उचित हुन्छ|

तपाई आफ्नो प्रेम सम्बन्धलाइ सुन्दरता पुर्वक समापन गर्न सक्नु हुन्छ भने यदि तपाई आफ्नो सम्बन्धलाई राम्रो संग टुंग्याउन सक्नु भयो भने मात्रै भाबी जीवनमा तपाइले कुनै किसिमको अप्ठ्यारोपनको सामना गर्नु पर्दैन हो,यो सबै कुरा साचो हो कि सुरु सुरुमा तपाईलाइ निकै गारो पर्नेछ तर तपाइको भबिस्यको निम्ति अनि तपाइको खुसीको निम्ति तपाइले अलिकति थोरै मेहेनत गरेको नै राम्रो हुन्छ र आफ्नो सम्बन्धलाइ कस्तो प्रकारबाट समाप्त गने त्यो नितान्त तपाईमा भर पर्ने गर्दछ र यसलाई तपाई सफा बनाउन चाहनु हुन्छ या जीवनभरिको अप्ठ्यारोपन बनाउन चाहनु हुन्छ त्यो त तपाईमा नै भर पर्ने गर्दछ|