कोरोनाबाट ज्यान गुमाएकालाई यसरी व्यवस्थापन गर्छ नेपाली सेनाले ! पोखरामा यस्तो देखियो !!

पोखरा–१२ कि ३२ वर्षीया महिला श्वासप्रसासमा समस्या भएपछि साउन ३२ गते कास्की सेवा हस्पिटलमा उपचारका लागि पुगिन् ।

भदौ १ गते हस्पिटलमा उपचाररत तनहुाको ब्यास-१ की ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भयो । संक्रमण पुष्टि भएको भोलिपल्टै उनको मृत्यु भयो । त्यसपछि उनको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब लिने क्रममा ३२ वर्षीया महिलाको परीक्षण गरिएको थियो । ७ गते रिपोर्टआउँदा उनमा संक्रमण पुष्टि भयो । त्यसपछि उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा सारियो ।

उनको उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएको छ । उनको मृत्युको कारण क्रिटिकल कोभिड नै भएको उपचारमा संलग्न डा. अर्जुन अधिकारीले बताए । कास्की सेवामा आईसीयूमा राखेर उपचार हुँदै गर्दा स्वास्थ्य बिग्रदो अवस्थामा गएको र परीक्षणपछि कोरोना संक्रमण देखिएको हस्पिटलका निर्देशक डा.पदम खड्काले बताए ।