‘तिज-२०२०’फोटो कन्टेस्टको बिजेता ब्रोना, कृषा र रेश्मा क्रमशः फर्स्ट र सेकेन्ड रनरअप (भिडियो)

– सुवास संकल्प

ईटहरी/ एल एन्ड सि मोडल एजेन्सी द्वारा तिजको अवसर पारेर आयोजना गरिएको “तिज २०२०” फोटो कन्टेस्टको नतिजा सार्बजनिक गरिएको छ । फेसबुकमा लाईभ कार्यक्रम गरि नतिजा सार्बजनिक गरिएको हो । उक्त कन्टेस्टको बिजेता मोरङको बिराटचोक निवासी ब्रोना श्रेष्ठ हुन सफल भईन भने फर्स्ट रनरअप ईटहरीकी कृषा गिरि र सेकेन्ड रनरअप ईटहरीकै रेश्मा लिम्बू हुन सफल भए ।

प्रतियोगिताको बिजेताले नगद १० हजार, ट्रफी तथा प्रमाण पत्र, फर्स्ट रनरअपले नगद ८ हजार, ट्रफी तथा प्रमाणपत्र र सेकेन्ड रनरअपले ५ हजार नगद, ट्रफी तथा प्रमाणपत्र पाउनेछन् । यस्तै उक्त कार्यक्रमबाट सब-टाईटल बिजेताहरु पनि घोषणा गरिएको छ । जस अन्तर्गत लिला दाहाल ‘अनु’ले बेस्ट फोटोजेनिक, शोभा भट्टराई ‘मौसम’ले बेस्ट स्माईल, सुबिना गिरिले ब्युटिफुल गर्ल, पुनम चौधरीले ग्ल्यामर, सिर्जना मगरले बेस्ट ड्रेसअपको अवार्ड हासिल गरे । हेर्नुस् बिजेता घोषणा कार्यक्रम ।

कोरोनाले निम्त्याएको महामारीका कारण तत्कालै पुरस्कार बितरणको कार्य भने गर्न नसकिएको एजेन्सीका सिईओ दिपक गिरिले बताए । उनका अनुसार कोरोनाको प्रभाव कम हुदै गए पछि ईटहरीमै एक औपचारिक कार्यक्रमको आयोजना गरि पुरस्कार बितरण गरिने छ । तिज सुरुहुनु करिब १ महिना अघिबाट सुरु गरिएको प्रतियोगीताको कार्य अन्य फोटो कन्टेस्ट भन्दा भिन्न शैलीबाट गरिएको थियो ।

फारम भराएर कम्पनिकै तर्फबाट फोटोसुट गरि सोही फोटोलाई प्रतिष्पर्धामा राखिएको थियो । एल एन्ड सि मोडल एजेन्सी कै फेसबुक पेजबाट भएको प्रतिष्पर्धामा १७ जनाको सहभागीता रहेको थियो । उक्त पेजमा प्रतिष्पर्धिको फोटोमा आएको लाईक र शेयरको आधारमा बिजेता घोषणा गरिएको हो भने सब टाईटल भने आयोजकको निर्णयको आधारमा गरिएको हो । प्रतियोगिताको कोअर्डिनेटर संगीता चौधरी र मिडिया कोअर्डिनेटर तथा कन्सेप्ट क्रियटर सुवास श्रेष्ठ संकल्प रहेका थिए । प्रतिष्पर्धिको फोटोहरुलाई डिथ्री फोटोग्राफीले खिचेको थियो ।