संचारकर्मी र सुरक्षाकर्मीलाई : डा. रवीन्द्र पाण्डे

डा. रवीन्द्र पाण्डे,
लकडाउनमा असफल भएको मोडेल अहिले निषेधाज्ञा पनि दोहोर्याउने काम गरिएको छ | लकडाउन र निषेधाज्ञामा पनि संक्रमण किन बढेको छ ? यसको उत्तर सजिलो छ –

– मुख्य सडक र बजार बन्द छ | गस्ती र निगरानी त्यहिं छ | – भित्रि बस्ती र गल्लीभित्र खुला छ | अनुगमन र निगरानी छैन | – स्थानीय खुद्रा पसलबाट तरकारी बेच्न दिनुपर्नेमा तरकारी बजार खुलाइएको छ | त्यहाँ खुट्टा राख्ने ठाउँ छैन |

– भित्रि बस्तीमा मानिसहरु मास्क नलगाइ वा च्युड़ोमा मास्क लगाएर हिंडिरहेका छन् | भीडभाड उस्तै छ | बाइक चलेका छन् | – मर्निंग वाक, इभिनिंग गफ चलिरहेको छ | कवाडी संकलक घुमेका छन् | जांड खाएर हल्ला गर्ने ग्रुप पनि देखिन्छ |

– कि बन्दाबंदी नगरौं, गर्ने हो भने उही गल्ति पटकपटक दोहोर्याउने काम नगरौं | माइक्रो म्यानेजमेन्टको अभाव भयो | – सुरक्षाकर्मीलाई भित्रि बस्ती र गल्लीभित्र परिचालन गर्न संचारकर्मी मित्रहरुले केहि दिन यस्तै ठाउँबाट रिपोर्टिंग गर्नुपर्यो |