विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘गए तिम्रा यादहरू…’ सार्वजनिक

काठमाडौं, भाद्र ६ ।

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘गए तिम्रा यादहरू…’ सार्वजनिक भएको छ । राज सागरको स्वर तथा सङ्गीत, शाहस साक्यको एरेञ्ज र दीप घतानीको मिक्सिङ/माष्टरिङ रहेको गीत ‘गए तिम्रा यादहरू…’ को भिडियो सार्वजनिक भएको हो ।

रोशिकको निर्देशन/छायाँकन तथा सम्पादन रहेको गीतको भिडियोमा नयन सिंह, परूषोत्तम सानु, रूपा सुनार, रजिना भित्रीकोटीलगायतका फिचर्ड हुनुहुन्छ ।

गए तिम्रा यादहरु सिरानी भिजाउँदै | राख्यौ तिमीले अँध्यारोंमा सपना देखाउँदै | . बन्यौ कसरी ती निर्मोही तिमी | बन्यौ कसरी निर्मोही…

गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ वल्र्ड रेकर्ड कायम गर्नुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विभिन्न ३२ विधामा उपाध्यका विश्व रकेर्ड कायम छन् ।

डा. डीआर उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । उहाँका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत, मजदुर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरु रहेका छन् उहाँका ।