‘बोक्सी’ आरोप लगाउँदै नि,’र्घात कु,’टपिट

महोत्तरीमा एक एकल महिलामाथि ‘बोक्सी’ आरोप लगाउँदै निर्घात कुटपिट गरिएको घटना बाहिरिएको छ।

महोत्तरीको सम्सी गाउँपालिका वडा नम्बर ७ की ४५ वर्षीया ती महिलालाई स्थानीय दिनेश यादवले आफ्नो छोरालाई जादु र टुना-मुना गरी बिरामी पारेको भन्दै शुक्रबार राति करिब ८ बजे निर्घात कुटपिट गरेका हुन्।

कुटपिटबाट घाइते भएकी ती महिलाको टाउको र ढाडमा चोट लागेको छ। उनी अहिले जनकपुरधामस्थित जानकी हेल्थ केयर अस्पतालमा उपचाररत् छिन्।