काठमाडौं उपत्यकाका सडक सुनसान छन् | भित्रि बस्ती र गल्लीमा पहिलेजस्तै मान्छेको ओहोरदोहोर छ | हाम्रो टोलमा उस्तै चहलपहल छ | एकजना पनि सुरक्षाकर्मी देख्ने अवसर पाइएको छैन |

डा. रवीन्द्र पाण्डे,

काठमाडौं उपत्यकाका सडक सुनसान छन् | भित्रि बस्ती र गल्लीमा पहिलेजस्तै मान्छेको ओहोरदोहोर छ | हाम्रो टोलमा उस्तै चहलपहल छ | एकजना पनि सुरक्षाकर्मी देख्ने अवसर पाइएको छैन |

मुख्य सडकमा मान्छे बस्दैनन् , ब्यापार गर्छन् | मान्छे बस्ने भित्रि बस्तीमा हो | सडक ट्राफिक प्रहरीलाई जिम्मा दिएर खास गस्ती भित्रि बस्ती र गल्लीभित्र गर्नुपर्दछ भन्ने थाहा होस् | भित्रि बस्ती र गल्लीमा कडाइ नगर्ने हो भने निषेधाज्ञा गर्नुको अर्थ छैन |

मिडियाले न्युरोड, दरवारमार्ग, बानेश्वर तथा अन्य सडक देखाएर सुनसान छ नभनोस् | भित्रि बस्ती र गल्लीको अवस्था देखाओस् |

तीजको दर खान हिंडेका हुलदेख्दा निषेधाज्ञाको अर्थ सरकारले बुझाउन नसकेको हो कि हामीले बुझ्न नसकेको हो भन्ने चिन्ता संशय उत्पन्न भएको छ |

कडाइ नगर्ने हो भने निषेधाज्ञा लम्बिने डर हुन्छ | निषेधाज्ञा लम्बियो भने अन्य रोग र भोकले प्रताडित गर्नेछ | कडाइ गरौँ, लम्बाउने प्रयन्त नगरौं |