गायक सुदन गैरेले आफ्नो नयाँ म्युजिक भिडियो ‘उडी जाने जेट’ सार्वजनिक गरेका छन्।

सुदन गैरे र मेलिना राईको युगल स्वरमा रहेको यस गीतमा लेखु सहयात्रीको शब्द रहेको छ। सुवास भुसालले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।

डान्सिङ शैलीको यस गीतमा चर्चित अनुहारहरु एलिशा शर्मा र भिजु पार्कीको साथमा अन्य कलाकारहरुको दमदार नृत्य प्रस्तुति देख्न सकिन्छ । म्युजिक भिडियोमा प्रमोद कुमार भण्डारीको कोरियोग्राफी , अनिल के मानन्धरको सिनेमाटोग्राफी र प्रविन भट्टको सम्पादन रहेको छ । गणेश शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो।

अमेरिकामा बसेर लामो समयदेखि गीत संगीतमा सक्रिय गायक गैरेको ‘सानी’ हिट गीत मानिन्छ उक्त गीतलाई हालसम्म ३८ लाख बढी दर्शकले हेरिसकेका छन्। यस लगायत गायक गैरेका ‘कोहिको माया हिरा’ , ‘साथ मागेर’, ‘गोरेटो’ बोलको गीतहरु सार्वजनिक भैसकेका छन्। कोरना कहर बीच निकै मेहेनतका साथ सार्वजनिक गरिएको भिडियोलाई साथ र माया गरिदिन गायक गैरेले सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन्।