श्रीमतीसंगै चल्यो दोहोरी, गरीबीमा लुकेको जादुमय स्वर, सुनाइन प्रेम कहानी, अर्को नारायण गोपाल लाजले भुतुक्कै (भिडियो हेर्नुहोस)

टिकटकमा सबैले मन पराएर भाइरल बनेको आवाज दुरुस्तै नारायण गोपाल भनेर गरिएको कमेन्ट सुन्दा र हेर्दा निकै आनन्द आउछ । साच्चै मीठो गाउछन गरीबीले गुम्सिएका आवाजका धनी अमित कुमार राई । पुर्बबाट आजभोलि एकपछी अर्को सुमधुर आवाजले नेपाली गित सङ्गीतलाई धेरै माथि पुर्याउदै गरेको अवस्थामा फेरि एकपटक ४८ बर्सिय अमित कुमार राई मिडियामा आएका छन । जसको आवाजमा छुट्टै जादु रहेको पाइन्छ ।स्व. स्वर सम्राट नारायण गोपालका गितहरु दुरुस्तै गाएर चर्चामा आएका उनिमा अदभूत लुकेको प्रतिभा भेटिन्छ । घर पथरी सनिस्चरेमा बसोबास गर्ने जादुमय स्वरका धनी अमित कुमार राईको सानैदेखीको सपना गित गाउने रहेको बताउदै आखाभरी आँसु बनाए ।

सपना गायक बन्ने भएपनी बाध्यताले केही गर्न नसकेको र अहिले मात्र मिडियाले खोजी गरेको र आफू मिडियामा छाउदै गर्दा भावुक हुँदै सबैलाई धन्यवाद दिए । घर परिवार आफैले हेर्नुपर्ने अनि घरको आर्थिक अवस्था एकदमै नाजुक भएकाले गित रेकर्ड गर्न नसकेका उनको कहानी बेग्लै छ । चौबिसै घन्टा रेडियो बोकेर हिड्ने गरेका उनले आजसम्म कहि कतै गित संगीत सिक्ने मौका पाएका छैनन तर उनको गायकी देखेर जो कोहि चकित पर्छन ।

सम्भु राई, जितेन राई, स्वर सम्राट स्व नारायण गोपाल,उधित नारायण झा, लगायत धेरै श्रस्ठाहरुको गित जस्ताको त्यस्तै नबिगारीकन गाउने उनको क्षमता देखेर अहिले सबै छक्क पर्ने अवस्था आएको छ । सुपर अनलाइन टिभीका संचारकर्मी तथा कलाकार समीर सुवेदीले लिएको अन्तर्वार्तामा उनले निकै राम्रा राम्रा गितहरु एकपछी अर्को गर्दै गाए । गरिबि अनि बाध्यताले लुकेको प्रतिभा जसले नारायण गोपालको दुरुस्तै गित गाउछन उनको यस्तो जादुमय स्वर छ कि जो सुनेपछी तपाई चकित पर्नुहुनेछ आज उनकि श्रीमती पनि मिडियामा आएकी छिन । आफू निकै चर्चित बनेपछि खुशी हुँदै उनले श्रीमतीलाई समेत मिडियामा ल्याएर श्रीमतीसंगै दोहोरी पनि गाएका छन । भाइरल अमित राई जस्तै उनकी श्रीमती पनि निकै राम्रो गित गाउछिन । निकैबेर चलेको दोहोरीमा सारै रमाइलो गरे । श्रीमतीले आफ्नो तारिफ गर्दा रमाइरहेका भाइरल अमित श्रीमतीले आफ्ना सम्पुर्ण प्रेमकहानी सुनाएपछी लाजले भुतुक्कै भए । तलको भिडियोमा हेर्नुहोला हासेर हुरुक्कै हुनुहुनेछ |