काम गर्दै गर्दा कोरोना सन्क्रमित भएछु : चितवन बाट सिमरन मन छुने भिडियो

काम गर्दै गर्दा कोरोना सन्क्रमित भएछु , स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा धन्यवाद ।

म एक नर्स म आफ्नो पेशामा गर्ब गर्छु। मलाइ थाहा छ कि म केवल certificate का लागि मात्र पढेकाे होइन जस्तो सुकै अवस्थामा पनि बिरामिको सेवा गर्न सकु र गर्छु भनेर नर्स पेशा अगालेको हु। आफ्ना ब्यक्तिगत कुराहरुलाइ त्यागेर निरन्तर रुपमा बिरामिको सेवामा लागिरहेको पनि केहि बर्स भैसकेछ्। काम गर्दै गर्दा यो अवस्था आउछ होला भन्ने सोचेको थिएनौ ।

तर एक्कासि सन्सारलाइ नै तर्साउने गरि कोरोना भाइरस फैलियो। कयौ देशहरुमा हजारौ नागरिकको ज्यान गयो। बिस्तारै अवस्था जटिल बन्दै गयो। बिस्तारै सन्क्रमित हरु नेपालमा पनि देखिन थाल्यो। तर कहिल्यै हतोत्साहित नभै निरन्तर आफ्नो कर्ममा लागिरहे मैले सोचेकि म एकजना नर्सले गार्हो हुने भयो म सन्क्रमित हुन्छु कि भनेर आफ्नो काम छोड्ने हो भने हालत के होला। भन्ने सोचेर अग्रजहरुको सल्लाह सुझाबलाइ ग्रहण गर्दै काममा लागिरहे!

घरमा बुवा आमा भाइ बहिनिलाइ आफैले सम्झाए म मा मात्र सिमित छैन बाबा ममि मैले समाजका लागि काम गर्नु पर्छ म यतिखेर घरमा काम नगरि बस्ने हो भने मैले नर्स पेसा अगालेको अर्थ हुदैन न आतिनु म सुरक्षित भएर बिरामिको सेवा गर्नेछु भनेर घर परिवारलाइ सम्झाउदै आफ्नो कर्ममा लागिरहे ।

कयौ रात बाबा ममि निदाउनुभएको छैन कतै छोरि सन्क्रमित त हुनेहोइन भनेर भोलि समाजले के भन्ला छि छि र दुर गर्ला भन्ने चिन्तामा परिवार हुनुहुन्थियो। केहि दिन अगाडी अस्पतालमा उपचार गरिरहनुभएका बिरामिमा कोरोना पोजेटिभ भयो रे भन्ने सुने उहा हरुलाइ सधै हामिले रेखदेख गरिरहेका हुन्थियौ। एक्कासि त्यस्तो सुनेपछि एकछिन त अनेक कुरा सोच्न पुगेछु ।पछि आफुलाइ समाले त्यसपछि हामिलाइ छुटै ठाउमा राखियो ।त्यसको पर्सि पल्ट म लगायत हामि साथिहरुको कोरोना test का लागि स्वाब लगियो नभन्दै हाम्रो रिपोर्ट पनि positive आयो। एकछिन तनाबमा रहे कसरि घर भन्ने होला अब के हुने हो भन्ने भयो।

म आफुलाइ समाले म आज कमजोर महसुस गरे पनि मेरो परिवारलाइ चिन्ता हुन्छ्। समाजलाइ चिन्ता पर्छ मैले मनोबल धरो बनाउनुपर्छ भन्ने सोचेर अहिले आफ्नो मनोबल उचो बनाएर मैले यो रोगलाइ परास्त गर्छु भन्ने आत्म बिश्वास लिएको छु फेरि परास्त गर्छु पनि। आज मलाइ गर्ब छ म आत्तिएकि छैन बिरामिको सेवा गर्दा म कर्म पुरा गर्दा म सन्क्रमित भएकि हु। हामि सन्क्रमितलाइ समाजले हेर्ने नजर राम्रो बनोस्।

हामिले रोग रहरले सारेका हैनौ। आफ्नो जिम्मेवारि पुरा गर्दा हो। पहिला नै हामि डराएर बिरामिको सेवा नगरेको भए बिरामिको अवस्था के हुन्थियो। सबैको सोच सकारात्मक बनोस्। सन्क्रमित नर्स डाक्टर सुरक्षा कर्मि लगायत आम नागरिकलाइ शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। हाम्रो स्वास्थ्य लाभको कामना गर्नुहुने हाम्रो केयर गर्नुहुने अस्पताल प्रशासन , डाक्टर , नर्स, परिवार, साथि भाइ, आफन्तजन, समाजका सबै नागरिकहरु प्रति अस्पतालको बेडबाट धन्यवाद ब्यक्त गर्दछु। सन्चो भएसि उहि मनोबलका साथ हजारौ बिरामिको सेवा गर्नेछु। मलाइ नर्स हुनुमा गर्ब छ्।

बाबा मामु न आत्तिनु हजुरको छोरि झन मनोबल धरो बनाएर रोगलाइ परास्त गरेर कर्ममा फर्किन्छे। म हारेको छैन झन म मा मनोबल धरो भएको छ्।