१२ कक्षा पास गरेकी उषा किन बनिन सहचालक ? हेर्नुहोस पुरा भिडियो !

‘पढ्ने छाँट देखिएन, अब खलासी हुन पनि नसुहाउने भइस्।’ पढाइमा कमजोर छोराछोरीलाई धेरै आमाबाबु यसै भन्दै गाली गर्छन्।

सहचालक भनेर ‘खलासी’लाई न्याय गर्न खोजिए पनि यो पेसा उपेक्षामा परेकै छ। गाडीका ढोका ढक्ढक्याउँदै गन्तव्य फलाकिरहने सहचालकबारे यात्रुका मनमा गाढा बिम्ब छन्– मैलो, धुस्रे-फुस्रे, रातो-खैरो कपाल, कानमा टप लगाउने, झर्केर बोल्ने।

त्यसैले होला, सकेसम्म यो पेसामा छोराछोरी जोडिन नपुगून् भन्ने कामना गरिन्छ। त्यसो त यो पेसामा पुरुषकै ‘सिन्डिकेट’ छ। किशोरीहरू यो बाटोमा सितिमिति आइपुग्दैनन्। काभ्रे, पनौतिकी उषा सापकोटा भने पेसा र समाजकै ‘सिन्डिकेट’ तोड्न लागिपरेकी छन्।