घरलाई सुन्दर देखाउनका लागि भित्ताहरूमा तस्विर झुण्ड्याउने गर्छौ वास्तुका अनुसार तस्वीरले पनि परिवारको सदस्यहरूमा मानसिक असर पार्छ ! सबिता आचार्य

सबिता आचार्य,

घरलाई सुन्दर देखाउनका लागि भित्ताहरूमा तस्विर झुण्ड्याउने गर्छौ वास्तुका अनुसार तस्वीरले पनि परिवारको सदस्यहरूमा मानसिक असर पार्छ,यसै कारण घरमा यस्ता तस्विर झुण्ड्याउनु हुँदैन,जसले घरका सदस्यहरूमा नकारात्मक उर्जा बढाउँछ।थाहा पाउनुस् कस्ता खाले तस्विर घरका भित्तामा झुण्ड्याउनु हुँदैन :

– डुब्न लागेको डुङ्गा : धेरै मानिसले समुन्द्र या नदीमा डुब्न लागेको डुङ्गाको तस्विर भित्तामा झुण्ड्याउने गर्छन्,जुन वास्तुका अनुसार अशुभ मानिन्छ,घरमा दैनिक रूपमा यस्तो तस्विर हेर्नाले हाम्रो सोचमा असर पार्छ,यस्ता तस्विरले भाग्य सम्बन्धी बाधा बढाउँछ भन्ने मान्यता रहेको छ घर परिवारमा तनाव बढ्छ र वास्तु दोष उत्पन्न हुन्छ।

– महाभारत युद्ध : महाभारत युद्धको तस्विर पनि घरमा राख्नु हुँदैन।कुनै पनि खाले युद्धको तस्विरले हाम्रो सोच पनि आक्रामक बनाउँछ ।युद्धको तस्विर दैनिक देख्दा हाम्रो स्वभाव पनि आक्रामक नै हुने गर्छ । घर-परिवारमा विवाद हुने सम्भावना पनि बढ्छ महाभारत युद्ध पारिवारिक युद्ध पारिवारिक तनावका कारण भएको थियो।”यसकारण महाभारत युद्धसँग जोडिएका तस्विर राख्नबाट बच्नुपर्छ।

– झरना या फोहोराको पानी : झरना या फोहोराको पानीसहितको सुन्दर दृश्यहरू निकै आकर्षक र सुन्दर हुने गर्छ,यसकारण हामी धेरैले यस्ता तस्विर घरमा राख्ने गर्छौ।तर,यस्ता तस्विर पनि घरमा नराख्नु नै राम्रो हुन्छ,वास्तुमा पानी जुन हिसाबले बहन्छ,ठिक त्यसरी यस तस्विरको प्रभाव हाम्रो पैसा पनि व्यर्थ खर्च हुन सक्छ। यसकारण घरमा यस्ता तस्विर नराख्नु राम्रो हुन्छ।

– ह्रिंसक जनावर : घरमा कुनै पनि ह्रिंसक जनावरको तस्विर राख्नु राम्रो हुँदैन । ह्रिंसक जनावरहरूको तस्विर दैनिक देख्नाले हाम्रो स्वभाव पनि उग्र हुन सक्छ । घरमा अशान्ति बढ्न सक्छ।

यसैले घरमा यस्ता तस्विर राख्नु पर्छ जुन सकारात्मक होस्,जुन तस्विर देखेर मन प्रशन्न होस् र कुनै पनि नकारात्मक विचार नआवोस् !!