फेरी गुनासो पोखे मेमोरी किङ्ग शाहीले सामाजिक संजालमा हेर्नुहोस !

सम्पुर्णमा नमस्कार म बिजय शाही ।
आज म मेरो यो facebook status बाट यो कुरा अवगत गराउन चाहान्छु कि अहिले पछिल्लो समयमा विभिन्न सामाजिक संजालहरुमा मेरो बिषयलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेकाले समग्र बिबादस्पद टिकाटिप्पणीलाई एकमुस्ट रुपमा प्रस्ट्याउने प्रयत्न गर्दैछु ।
सबैमा यो अवगत होस् कि मैले राखेको बिश्व रेकर्ड Champions book of world रेकर्डमा हो । वास्तबिक सत्य तथ्य नकेलाएर कोइकसैले आ- आफ्नो आकलन अनुसारको अभिव्यक्ति दिएका छन । तर मलाइ रेकर्डभन्दा पनि सम्पूर्ण तिन करोड नेपालीलाई कसरी शिक्षित बनाउने भन्ने ठुलो चिन्ता छ । किनकि क्षमता म आफै भित्र छ कसैको निजि आर्जनले दिएको होइन । यद्यपि नेपाललाई सतिले सरापेको देश सबैले भन्दै आएका छ्न । तथापि सत्यताको मिठो सन्देशमुलक पाठ सिकाउने भगवान गौतम बुद्ध जस्ता महापुरुष पनि नेपालमै जन्मिए । यसर्थ विभिन्न महात्माहरुबाट पाठ सिक्दै बिजय शाही आफ्नो जिवन मार्गमा अवस्य बिजय हुनेछ भन्नेमा पुर्ण बिस्वस्थ छु । यसमा मलाइ सम्पुर्ण नेपाली आमाबुवा, दिदीबहिनी, दाजुभाइ को साथ, समर्थन, माया, प्रेरणा र हौसला दिइरहनुभएको छ।

म दुर्गम जिल्ला कालिकोटको दुर दराजबाट आएको 20 बर्षको ठिटो म संग आफ्नै आविस्कारले आर्जन गरेको कला छ तर परिपक्क गला भको छैन । जसका कारण मैले विभिन्न सामाजिक संजालहरुमा बोल्ने क्रममा केहि अस्पस्टता भएकै हो । यो म स्विकार गर्दछु ।र आफ्नो बोल्ने कला सुधार्ने प्रयास गर्दैछु । त्यसैमा निउ पाए घिउ थप्ने केही थोरै youtuberहरुले आफ्नो ब्यवसाय बढाउन सत्त्यतथ्यलाई लुकाएर आफ्नो बजार बनाए । रहयो नानाथरी प्रचारबाजिको कुरा, जब म रिपोर्ट्स क्लब गए । त्यहा मलाई एक्कासी book को Demo गर्न भनियो । त्यसपुर्व मलाइ केही पत्रकारहरुले 10 मिनेट सम्मान गर्ने भनेर बोलाएका थिए । जुन म माथी सुनुयोजित तरिकाले फेल गराउने जालझेल रहेछ। किनकि demo गर भन्ने एउटा ब्याक्ती न त कुनै अधिकारी थिए न त पत्रकार ।

मैले आफ्नो सत्यतथ्य र प्रक्रिया प्रस्ट बताउदा पनि उल्टै मलाइ दोष लगाइयो । किनकि bookको Demo दिनु दिमागको कुरा थियो । जसका लागि अनुकुल शान्त र सौहार्द वातावरणको आवश्यकता हुनुपर्ने मेरो बाध्यता थियो। मेरो world record शव्दमा मात्र थियो, कुनै book मा होइन तर अहिलेको ठूलो ठूलो Book को Demo नितान्त lockdown को बेला अहोरात्र अध्ययन अनुशन्धान पश्चातको ताजा उपलब्धि हो । जसबाट म अहिले ब्यापक रुपमा सामाजिक संजालमा परिचित हुन पुगे। अर्को कुरा असार 30 गते भाग्य सरकोमा गरेको Demo जुन कोइ कसैलाई संकाश्पद बन्न गयो । त्यो आयुर्वेदिक जडिबुटी बिज्ञान किताब भाग्य सरले सबभन्दा ठूलो र बेग्लै भनेर ल्याउनु भयो र पुर्ब CDO समक्ष Demo गरियो । उक्त video मेरो बुवाले घरमा हेरीसकेपछी संयोगबस मेरो छिमेकी हजुरबुबा सिकिस्त बिरामी भएर उपचार गर्न बुवाले जुम्ला लिएरनिको भएपछि फर्कने क्रममा आफ्नो मनको कौतुहलता मेटाउन सोही नामको आयुर्बेदीक जडिबुटी बिज्ञान किताब खरिद गरि ल्याई पढेर पुरानै कितबको चाङमा सजाएर मिलाएर राख्नु भएछ ।

त्यसपछि केही दिनमा Umang TV घरमा गई त्यहि किताब देखिन गयो ।त्यसपर्ती नानाथरि संका र भ्रम फैलाउने पर्ती मेरो भन्नू केही छैन ।किनकि मैले भाग्य सरकोमा चाइनिज किताब, त्यसैगरि ऋषि धमलाको मा नेपाली शब्द कोष र इन्द्रेणीमा महाभारत पनि त गरेको थिए नी । जे होस काग कराउदै गर्छ पिना सुक्दै गर्छ । म निरन्तर अगाडि बढनेछु र सबै नेपाली को साथ पाउनेछु म ढुक्क छु।

र अन्तमा म सबै मेरा सुभचिन्तकहरुलाई यो कुरा पनि स्पस्ट पार्न चाहन्छु कि मेरो यो facebook id 35 हजार फोल्लोवर भको id https://www.facebook.com/bijaybahadur.shahi
bijayshahi thakurishahi नाम गरेको id https://www.facebook.com/bijayshahithakure.shahi

बाहेक अरु कुनै पनि नभएको र अहिले विभिन्न संचार माध्यममा मेरो नामले भ्रम फैलाइरहेकोले सचेत भैदिनहुन अनुरोध गर्दछु। र जो जस्ले यस्तो गर्नुभयको हो तुरुन्त बन्द गरिदिन हुन अनुरोध गर्दछु । अन्यथा कानुनी प्रक्रियामा जान बाध्य हुनेछु । धन्यवाद ।