पापी समाजले सहय‍गी पुष्पाको बिजोग बनायो! उनले पैसा मागेको थिएन तर किन दिदै फिर्ता लिदै गरियो? तारा बराल (भिडियो सहित)

तारा बराल आफ्नो फेसबुक वालमा लेख्नु हुन्छ : पापी समाजले सहय‍गी पुष्पाको बिजोग बनायो! उनले पैसा मागेको थिएन तर किन दिदै फिर्ता लिदै गरियो? मर्दका १० वटी स्वास्नी भन्ने समाजले,जोडी साथमा भए ९० बर्ष पनि ओच्छ्यानबाट नछुट्नेहरुले एउटी वयष्क एकल महिलाले आफ्नो पेटमा ल्याएको नासो बाबू बिना पाल्न सक्षम भए पनि पचाइदिदैन,बाल आश्रममा लुकाउंन पनि दिदैन,त्यहि कारण दुइटी महिलाले नाटक रचेर बच्चा बचाउंन वाद्य थिए!

आखिर सबै आश्रमका बच्चाहरु पनि यसरी नै आमाहरु बचाउन नाटक रचेरै थुपारिएका हुन् , अरु आश्रमको खोजी खै!? म लक्ष्मी बिकलाई अदालत जान सहयोग गर्छु,मेरा सम्पर्कमा आउन्!पापी समाज अनुसार पुष्पाले पनि ठिकै गरेको हो!

५० लाख एकल , बालविदवा आमाहरुले दर्जनौं टुहुरा बच्चा घाँस, दाउरा, पानीका डोको माथि बोकेर हिडेको रमिता मान्ने युटुबर, अभियन्ता, महिला कर्मीलाई एउटा नालायक बाबुले १४ बर्षे बालिका बलात्कार गरेर जन्माएको बच्चा दुई दिन पिठ्युंमा बोकेको असह्य , दर्दनाक भयो रे!सहयोगका बहानामा अर्काको पसिना उठाएर नाम र दाम कमाउनेहरु अभियन्ता?

हेर्नुहोस भिडियो :