ब्लड क्यान्सरसँग लडिरहेका अर्घाखाँचीका ९ वर्षीय बालक नेपाल स्वयंसेवक संघ कि सदस्य बिनिता पाेख्रेलकाे भाई लाई सहयोग अपिल !

काठमाडौँ । ब्लड क्यान्सरसँग लडिरहेका बिगत २ महिना देखि उपचाररत अर्घाखाँचीका ९ वर्षीय बालक नेपाल स्वयंसेवक संघ कि सदस्य बिनिता पाेख्रेलकाे भाई लाई काठमाडौं कान्ति बाल अस्पतालमा नेपाल स्वयंसेवक संघ का केन्द्रीय अध्यक्ष खेमराज पाैडेल र प्रचारप्रसार संगठन केन्द्रीय सचिव राजु गैरे बाबु संग भेटेर शिघ्र स्वास्थ्य लाभको कामना सहित सक्दाे सहयोगमा लाग्ने ।

अर्घाखाँची पाणिनी गाउँपालिका वाड नं १ घर भएका नारायण प्रसाद पोखरल र गीता पोखरेलका नाबालक छोरा बर्ष ९ का बिष्णुहरि पोखरेल ब्लड क्यान्सरसँग लडिरहेका छन् ।

उपचार खर्च निकै महङ्गो भएका कारण आफ्नो आर्थिक अवस्थाले उपचार सम्भव नभएकाले बालकका अभिभावकले सबैसँग सहयोगको अपिल गरेका छन् ।

डाक्टरहरुले अझै पनि अस्पतालमै ६-७ महिना बस्नुपर्ने भने पछि परिवार थप चिन्ता र तनावमा रहेका छन् । देश र विदेशबाट यो कठिन परिस्थितिमा जसले जे जति आर्थिक सहयोग गरेपनि ठूलो सहयोग हुने उनका परिवारले बताएको छ ।

तपाइँ हाम्रो सानो सहयोगले बाबुले नयाँ जीवन पाउने हुनाले सबैसँग सक्दो सहयोगको अपिल गरिएको छ ।

सहयोगका लागि खाता विवरण : पठाउने छाै ।