जुलाई महिनामा अमेरिकामा १० दिन एक हजार भन्दा ज्यादा मानिसको मृत्यु

एकै दिनमा सक्रमितको संख्या ६७ हजार
अमेरिकामा जुलाई महिनामा १० दिन एक हजार मानिस भन्दा ज्यादाको मृत्यु भएको तथ्याङ्क जोन्स हप्किन्स बिश्वबिद्यालयले निकालेको छ । एकै दिनमा सक्रमितको संख्या ६७ हजार २३ जना पुगेको छ । गत शुक्रबार जुलाई ३१ का दिन मृत्यु हुनेको संख्या १ हजार २ सय ५९ पुगेको छ ।

गत बिहिबार जुलाई ३० का कोभिड-१९ बाट मृत्यु हुनेहरुको संख्या १ हजार २ सय ३३ पुगेको थियो भने संक्रमित हुनेको संख्या ६७ हजार ६ सय १९ रहेको थियो ।

अमेरिकामा हाल सम्म मृत्यु हुनेको संख्या १ लाख ५५ हजार पुगेको छ भने संक्रमितको संख्या ४६ लाख ६४ हजार पुगेको छ ।

एक प्रमुख कोरोनाभाइरस नमुना परियोजनाले नोभेम्बर सम्म कोविड-१९ बाट २ लाख ३० हजार भन्दा बढी अमेरिकी नागरिकको मृत्यु हुनेछ भनि अनुमान गरेको छ ।

फ्लोरिडा राज्यमा लगातार चौथो दिन पनि कोरोनाबाट मृत्यु हुनेको संख्या अत्यधिक भएको छ । फ्लोरिडामा गत शुक्रबार २ सय ५७ जनाको मृत्यु भएको फ्लोरिडा स्वास्थ्य बिभागले जनाएको छ ।

फ्लोरिडा राज्यको साथै अन्य राज्यहरु टेक्सस,एरिजोना र क्यालिफोर्नियामा मध्य जुन महिना देखि आकासिएको छ ।

श्रोत : सिएनएन . / इनेप्लिज