स्वस्तिका ढकालको “कस्ले भन्यो तिमिलाई…” गीत सार्वजानिक (भिडियो सहित)

नेपाल आईडलको सिजन २ र सिजन ३ को प्रतिस्प्रर्धाबाट चर्चामा आएकी गायिका स्वस्तिका ढकालको स्वर रहेको “कसले भन्यो तिमीलाई” बोलको गीत सार्वजनिक भएको छ । अहिलेका निकै ब्यस्त अनि चर्चीत संगीतकार अर्जुन पोख्रेलको संगीत संयोजन रहेको गीतमा अमृता नेपालको शब्द रहेको छ । द डिभाइन म्युजिकको अफिसियल युट्युव च्यानलबाट सार्वजानिक गरिएको गीतमा गायिका ढकालकै एकल अभिनय रहेको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसको भिडियो निर्माण सहयोग रहेको गीतमा प्रेम, विश्वास र असमझदारीका कारणहरुलाई रोमान्टिक ढंगले प्रस्तुत गरिएको छ ।

अनप्लग भिडियो शैलीमा गायिकालाई नै प्रस्तुत गरिएको भिडियोलाई सुशिल र सेशाले सम्पादन गरेका छन् । अनिष आयु बाबाले खिचेको भिडियोलाई गायिका ढकालको नै परिकल्पना तथा निर्देशन गरेकी छिन् । गायिका ढकाल नेपाल आईडलको मेघा राउण्ड’ ‘थिएटर राउण्ड’ र ‘पियानो राउण्ड’ मा उत्कृष्ट प्रस्तुति दिंदै टप १२ सम्म पुगेकी प्रतिस्पर्धी हुन् । भोटिङ मार्फत अघि बढ्ने गाला राउण्डबाट बाहिरिएकी उनी दर्शक र निर्णायकको नजरमा भने राम्रो गायन क्षमता भएको प्रतिस्पर्धी हुन् । उनको यस अघि सार्वजनिक गीत आँखामा गाजलका लागि पनि राम्रो प्रतिकृया र प्रशंसा आएको छ ।

गायिका स्वस्तिका ढकालको आज जन्म दिन परेकोले स्कटनेपालको टिमको तर्फबाट गायिकालाई जन्मदिनको हार्दिक शुभकामना !!!