नाग पञ्चमीको महत्व यस्तो रहेछ, नागलाई खुसी पार्न कसरी पुजा गर्ने ?

नेपाल बहुजाति, बहुभाषी र बहुसंस्कृति भएको मुलुक हो । नेपाली संस्कृतिमा मानिसको मात्र होइन पशुपन्छी र जीवजन्तुको पनि उत्तिकै महत्वपूर्ण स्थान रहेको छ । विभिन्न चाडपर्व, जात्रा नेपाली समाजको पहिचान हो ।

यस्ता विशेष पर्वहरूमा नागपञ्चमी पनि एक हो । हरेक साउन शुक्लपक्ष पञ्चमीलाई हिन्दू धर्मालम्बीहरूले नागपञ्चमीको रूपमा मनाउँछन् । नागलाई सहकालको देवताको रूपमा मानिन्छ । नाग प्रसन्न भएमा पानी पर्छ भनिन्छ । त्यसैले पानीको मुल फुट्दा पानीसँगै कहिलेकाहीँ नागहरू पनि देखिन्छन् ।

हाम्रो समाजमा नागसम्बन्धी विभिन्न कथा कहानीहरू सुन्न पाइन्छ । यदि पानीको मुहान वरपर फोहर गरेमा घाउ खटिरा आउँछ भन्ने मान्यता रहेको छ । त्यसैले नागलाई विशेषरूपमा पुजिन्छ । यसरी नागको पूजा गर्दा अगस्त्य, पुलस्त्य ऋषिहरूलाई पनि सम्झना गर्नुपर्ने धार्मिक मान्यता रहेको छ । साधारणरूपमा नागका ८ खलकहरू छन् भनी विभिन्न पौराणिक पुस्तकहरूमा उल्लेख गरिएको छ । ती यसप्रकार छन् ः अनन्त, बासुकी, पद्य, महापद्य, तक्षक, कुलीर कर्कोट र शङ्ख हुन् ।

यसै विषयमा हामीले नाग पञ्चमी अबसरमा केदारेश्वर महादेव मन्दीरका पिठाधिश लेखनाथ आचार्यसंग नागपञ्चमीको को महत्व र नागलाई खुसी पार्न कसरी पुजा गर्ने ? भन्ने विषयमा कुराकानी गरेका छौँ । हेर्नुहोस ।