गायक भुवन प्यासीको तीजको गीत ‘लेहेंगा हरर’ सार्वजनिक |

गायक भुवन प्यासीको स्वर रहेको पहिलो तीजको गीतको भिडियो सार्वजनिक भएको छ ।लोक र पप शैलीको तीज गीत ‘लेहेंगा हरर’मा गायक भुवन प्यासीको नै शब्द र संगीत रहेको छ । गीतलाई राजेन्द्र बजगाईले एरेन्ज गरेका हुन् ।

चितवनमा बसेर गीत संगीतमा आफ्नो भिन्दै पहिचान बनाउन सफल गायक भुवन प्यासी सार्वजनिक गीतको भिडियोमा आकृती लामिछाने, करुण विसी, सन्जु पाठक, देव एलोन, राज सुनार र कन्चन सुनारलाई फिचर गरिएको छ ।

गीतको म्युजिक भिडियो सुशान कडेँलले निर्देशन गरेका छन् । सुरज खनालको छायांकन रहेको यस गीतको भिडियोलाई विकास धमलाले सम्पादन र सिर्जन बरालको कोरियोग्राफ रहेको छ ।गायक भुवन प्यासीले यस अघि “हे बरै’,‘माईली’ ‘हल्का हल्का’ ,ट्राफिक जाम’ जस्ता सफल गीतहरु बजारमा लिएर आईसकेका छन् ।