मैले मेरो जन्मदिन खुशियालि साथ मनाउनुको सट्टा उक्त दुखमा रहनु भयकि नेपाली चेलिलाइ दुबइ बाट नेपाल फर्कने प्लेन टिकेटको खर्च ब्यहोर्ने निर्णय गरेको छु ! : कुमार कट्टेल

काठमाडौँ : आज कलाकार कुमार कट्टेल को जन्म दिन बिशेस एउटा संदेश सबैको लागी फेसबुक सामाजिक संजालमा स्टाटस मार्फत सार्बजनिक गर्नु भएको छ । उक्त स्टाटस अनुसार यति हामी तपाई ले पनि यस्तै राम्रो काम तिर ध्यानाकर्षण होस् भन्ने जानकारी गराएको छ । उहा लेख्नु हुन्छ :

आज मेरो जन्मदिन ? बाचुन्जेल हासी खुसी रमाउन सकु .. रमाउनकै लागि अनेक बाहाना बनाउन सकु ❤️

संसार कोरोनाको कहर बाट गुज्री रहेको बेला सम्पुर्ण मानब जगत नै अत्यन्तै कष्टकर समय बाट बिति रहेको छ ! नेपाल बाट बिभिन्न देशमा जानु भयका थुप्रै नेपालीहरु लकडाउनको कारण दुःख , अभाव र पिडामा हुनुहुन्छ ! कतिपय नेपालि घर फर्कन समेत न सक्ने अवस्थामा हुनुहुन्छ, यहि पिडा लाइ महशुश गर्दै झापा घर भयकि एक जना नेपाली चेलि दलाल मार्फत भारतको बाटो हुदै दुबइ पुगेर अलपत्र र अत्यन्तै पिडामा रहनु भयको कुरा आदरणीय दाइ प्रकाश पौडेलको फेसबुक पोस्ट मार्फत अवगत भयो !

मैले मेरो जन्मदिन खुशियालि साथ मनाउनुको सट्टा उक्त दुखमा रहनु भयकि नेपाली चेलिलाइ दुबइ बाट नेपाल फर्कने प्लेन टिकेटको खर्च ब्यहोर्ने निर्णय गरेको छु !
यो विशम परिस्थितिमा दुःख र अभावमा रहेका नेपालिहरुको पिडामा आफुले सकेको सहयोग गरौ ! जय देश ??
जय जननी ??