भारतीय मिडियालाई रमेश प्रसाइको हिन्दीमै कडा चेताबनी, भारतीय च्यानल बन्द गोर्खा आर्मीलाई यस्तो भने, सबै मिडियालाई कानुनी कारबाही गर्न माग

काठमाडौं । नेपालका विरुद्ध अफवाह फैलाउने ४ वटा भारतीय च्यानल नखुल्ने भएका छन् । भारतीय न्यूज च्यानलहरु जी–न्यूज, आजतक, इन्डिया टिभि र एबीपी न्यूजमाथिको प्रतिबन्धलाई कायमै रहने भएको हो । मल्टि सिस्टम अपरेटरहरुको आइतबार बसेको बैठकले यी ४ न्यूज च्यानलबाहेक अरुलाई भने आजदेखि खुला गर्ने निर्णय भएको मेगा म्यास टेलिभिजनका अध्यक्ष दिनेश सुवेदीले जानकारी दिए ।

भारतीय सञ्चारमाध्यममा आएका समाचारलाई लिएर नेपाल सरकारले भारत सरकारलाई पत्र पठाएको छ । स्रोतका अनुसार भारतीय सञ्चारमाध्यममा नेपाल र यहाँका प्रधानमन्त्रीको बारेमा आएका समाचारहरु आधारहिन, कपोकल्पि, बनावटी रहेको र त्यसले नेपालीको भावनामा चोट पुराएको भन्दै भारत सरकारलाई कुटनीतिक नोट पाठएको छ ।

यसैबीच रमेश प्रसाइले भारतलाई यस्तो भने