राष्ट्र र राष्ट्रियता प्रतिको हाम्रो दायित्व

सुर्य चन्द, काठमाडौँ । राष्ट्र र राष्ट्रियताको सवालमा हामी नेपालीहरुले कहिले कसैसंग सम्झौता गरेको छैनौं र कदापी गर्ने पनि छैनौं नेपाली जनताहरु आफ्नो राष्ट्र, राष्ट्रियता र आफ्नो सार्बभौम अधिकारको निर्यण गर्न सक्षम छौ भनेर विश्वसामु प्रस्तुत भइसकेको पनि छौं।

अहिले सम्मको इतिहासमा नेपाली जनताहरु आफ्नो राष्ट्रियताको सवालमा कहिँ कतै झुकेको पनि छैनौं विश्व इतिहासमा हामी नेपालीहरु कहिले पनि कसैको उपनिवेस भएर बस्नु पनि परेन र बस्दैनौ पनि । नेपाल हाम्रो आमा हुन् र आमालाई हामी दुःख दिन पनि सक्दैनौ र अरुले दिएको पनि सहन सक्दैनौ ।

जब हाम्रो स्वाधिनता माथि हाम्रो राष्ट्रियता माथि कसैले औंला उठाउँछ भने हामी सबै नेपाली एकजुट भएर सामना गर्न तयार हुनु पर्छ । भारतको हेपाहा प्रवृति, सिमा अतिक्रमण तथा राजनीतिक हस्तक्षेपले हामि नेपाली जनता वाक्क दिक्क भईसकेको छौं। सयौं बर्ष पछिको मेहनत अनि पर्खाइमा नेपाली जनताले लोकतन्त्र पाएको सर्बबिधितै छ।

जुन हाम्रो राष्ट्र हामी नेपाली जनताको खुशीको बिषय हो र यसलाइ हामी नेपालीले संस्थागत गर्न पनि जरुरत छ। बेला बेलामा छिमेकी मुलुक भारतले आफ्नो स्वार्थको लागि नेपाललाइ आफ्नो अधिनतामा राख्नको लागि अघोषित नाकाबन्दी गरि नेपाली जनतालाइ दुःख दिने काम गरेको छ भने हाम्रो हरेक गतिबिधिमा प्रत्यक्ष हस्तक्षेत गरि नेपाली जनताहरुको स्वतन्त्र जिउने अधिकार माथि धावा बोल्दै आएको छ। नेपाल प्रति भारतको मोदी सरकारले जुन ब्यबहार प्रदर्शन गरिरहेको छ यो अन्तराष्ट्रिय कानुन विपरित छ र अमानिबिय पनि छ जसले गर्दा भारतको मोदी सरकारले नेपालीहरुबाट बिश्वास पनि गुमाएको छ ।

स्मरण रहोस अहिले सम्म पनि भारतमा हजारौंको संख्यामा गोर्खाली सैनिकहरु छन् भोलि त्यहि सैनिकहरु नेपाली राष्ट्रियताको सवालमा एकजुट भएर भारत बिरुद्द लड्न तयार हुन सक्ने छन् र भारतले यो पनि बुज्न जरुरत छ कि छिमेकी मुलुकसंग आफ्नो रवाफ देखाएर भारतलाइ पनि कुनै किसिमको फाइदा हुने छैन बरु उल्टै घाटा हुनेछ ।

हुन त हाम्रा सिमित नालायक राजनीतिक नेताहरुको भारत प्रतिको मोह सिमित स्वार्थ र सत्ता लिप्त भएर हरकुरामा भारतमुखी भएर उनीहरुको दर्शन गर्न अनेक बहानामा दिल्ली दरबार पुग्नु नै अहिले आएर सबै भन्दा ठुलो अन्तरघात भएको छ ।

मुलुकको लागि नेपाल आमा लागि यदि समयमानै दुरदर्शी सोंच बनाएर नेपाल सरकार तथा राजनीतिक नेताहरुले आफ्नो मुलुक प्रति इमान्दार भएर मुलुकको हितमा काम गरि हरकुरामा भारतमुखी नभएर बैकल्पिक सोच बनाइ दिएको भए अहिले आएर नेपाली जनताले दुःख पिडा भोग्नु पर्ने स्थिति आउने थिएन ।

हाम्रो राष्ट्र संकटमा परेको बेला को हिमाली, को पहाडी, को मधेशी, को बाहुन, को क्षेत्रि, को जनजाति, को दलित, को मधेसी सबै मिलेर एकजुट भई राष्ट्रियताको सवालमा कसैसंग नझुक्ने र आफ्नो स्वाधीनता प्रति नडगमगाउने प्रतिबद्दता जाहेर गरि एक साथ हातेमालो गरि समस्याको समाधान तर्फ उन्मुख हुन जरुरत छ ।

चाडो भन्दा चाडो बैकल्पिक मार्ग खोजि समस्यालाइ समाधान गर्न जरुरत छ र यसको लागि सरकारले तुरुन्त कुटनीतिक पहल गरि मुलुकको हितको लागि निर्णय गर्न जरुरत छ भने सिमा बिबादलाई टुंग्याउनु पर्छ र भबिष्यमा आइ पर्ने यस्तै समस्याहरुलाई मध्यनजर गरि दुरदर्शी निर्णय गर्न पनि आजको आबश्यकता भएको छ।

संबिधान प्रति असमजदारी जनाई आन्दोलनरत पक्षले पनि यो समयमा के बुज्न जरुरत छ भने नेपाल भनेको हाम्रो मातृभूमि हो र मातृभूमि संकटमा परेको बेला मुलुकलाई निकासा दिनुपर्छ । दुःख पाउदा गरिब जनताले पाउने हुन् भनेर त्यहि भएर सबै पक्षले मुलुकलाई आर्थिक, बौद्धिक उन्नतिमा बिकशित मुलुक सरह पुर्याउन यो समयमा सहयोग गर्नु पर्छ ।

कोभिड-१९ तथा लकडाउनले गर्दा मुलुकको अर्थतन्त्र धरासायी बनेको अबस्था छ। जनताहरु भोक भोकै मर्ने स्थितिमा छन। यस विषम परिस्थितिमा राजनीतिक दल भनौ अझ सरकार चलाएर बसेको दलले राजनीतिक खिचलो निकालेर कुर्सिको खेलमा लिप्त हुनु हामि नेपालीको लागि दुर्भाग्य भएको छ ।

यहि भएर सम्पूर्ण नेपाली जनता, बुद्दिजिबि पंक्ति, नागरिक समाजका अगुवाईहरु, राजनीतिक नेता, नेतृत्व वर्ग र नेपाल सरकार एक भएर राष्ट्र र राष्ट्रियताको सवालमा खुट्टा नकमाई समस्या संग जुध्न तथा समस्यालाई चाडो समाधान गर्न तयार हुनु पर्छ ।

एकाध स्वार्थी, लालची नेताहरुले गरेको अव्यवहारिक निर्णय, मुलुक प्रतिको अजिम्मेवारीपनले गर्दा नेपाली जनताको सत्रुलाइ अझ बढावा भइ रहेको अबस्थामा राष्ट्र भक्त नेपालीहरु एक भइ सामना गर्न तयार हुनु पर्छ त्यस्ता कुलनघार राष्ट्र द्रोही नेताहरुलाई इतिहासले नेपाली जनताले एक दिन अबश्य सजाय दिनेनै छन् ।

अहिलेको परिस्थितिबाट हामी सबैले नयाँ पाठ सिक्दै आफुमा आत्मा निर्भर हुनु पर्छ अनि राष्ट्र र राष्ट्रियताको पक्षमा अडिक भइ मुलुक र हाम्रो सार्बभौम स्वाधीनता अधिकारको पक्षमा एकै आवाज गरि व्यक्तिगत स्वार्थ भन्दा माथि उठी राष्ट्र र नेपाली जनतालाइ एक ढिक्का बनाइ अगाडी बढ्न जरुरत छ ।

सरकार र नेतृत्व पक्षले पनि नेपाली जनता र मुलुकको हितमा निर्णय गर्न आजको आबस्यकता रहेको छ र यो समयमा सबै पक्षलाई मिलाएर लानु पर्ने पनि आबश्यकता रहेको छ। आशा गरौ नेपाल आमाले चाडैनै परिबर्तनका नयाँ किरणहरु देख्न पाउनेछिन, मुलुकले नयाँ दिशा लिनेछ र अहिलेको परिस्थितिबाट निकास पाउनेछ । (संचारकर्मी सुर्य चन्द)