महानायक राजेश हमालदेखि नव नायक अनमोल केसीसम्म कसकाे उमेर कति ? थाहा पाएपछी छक्क पर्नु हुने छ (भिडियो हेर्नुहोस्)

कलाकारहरु आफ्नो पारिवारिक सुख, दुःख बाँड्न तयार हुन्छन् तर उमेर ? सबैले लुकाउँछन् । आफ्नो करिअरमा असर पर्ने डरले पनि उमेरका विषयमा कमै कलाकारहरु मात्रै खुल्छन् । विशेषगरी चलनचल्तीमा रहेका अभिनेता/अभिनेत्रीहरु त यो विषयमा प्रवेश नै गर्न रुचाउँदैनन् ।भनिहाले पनि घटाएर बताउँछन् । उनीहरूकाे वास्तविक उमेर कति हुन्छ, कमैलाई मात्रै थाहा हुन्छ । तपाईँलाई थाहा छ, राजेश हमाल, भुवन केसी, अनमोल केसीको उमेर कति छ ? को–कति वर्ष पुगे जानौँ ।महानायक राजेश हमाल बुवा चुडा बहादुर हमाल र आमा रेणु केसी हमालको कोखबाट २०२१ साल जेठ २६ गते पाल्पाको तानसेनमा एक सामान्य परिवारमा जन्मिएका हुन् ।

उनि अहिले ५६ बर्षका भए । उनका बुवा विभिन्न देशका लागि नेपालको तर्फबाट राजदुत थिए । उनले चलचित्र युगदेखि युगसम्मबाट नेपाली चलचित्रमा क्षेत्रमा डेब्यु गरेका हुन् ।झन्डै २०० भन्दा बढी चलचित्रहरुमा अभिनय गरिसकेका हमाल ३ करोड नेपाली दर्शकको मन मस्तिस्कमा बसिसकेका छन् । छिल्लो केहि समयदेखि भने हमाल पर्दामा देखिएका छैनन् । उनले ३ दशक नेपाली चलचित्र क्षेत्रमा बिताए । उनले बोलेका केहि डायलगहरु अझै पनि दर्शकहरुले भुलेका छैनन् । उनले पछिल्लो समय चलचित्र नखेले तापनि उनका फ्यान फलोअर्स भने घटेका छैनन् । अहिले पछिल्लो समय विवादमा आउने कलाकारहरुको जमात भने उग्ररुपमा देख्न सकिन्छ । तर हमाल विवादमुक्त कलाकार हुन् । भिडियो हेर्नुहोस्