एकैदिन सुदूरपश्चिम प्रदेशमा थप ४८९ जनामा कोरोना पुष्टि

वीरेन्द्र रावल,

धनगढी,असार १९÷ कोरोनाको संक्रमण जति जति बढ्दै जान थालेको छ त्यति त्यति मानिसहरु र स्वयं प्रदेश सरकारबाट नियन्त्रण र उच्च सतर्कता अपनाउने तर्फ चरम लार्पवाही हुँदै जान थालेपछि सुदूरपश्चिम प्रदेश नेपालकै कोरोना संक्रमणमा अग्रस्थानमा प्रवेश गरेको छ ।
मानिसहरु निकै त्रसित छन् तर घरमै प्रवेश गरिसकेको कोरोनाको संक्रमण रोक्न भने अव नत प्रदेश सरकारसंग कुनै उपया छ नत संघीय सरकारकोनै त्यसतर्फ ध्यान गएको खिन्छ।जसका कारण सुदूरपश्चिममा एकै दिन चार सय ८९ जनामा कोरोना पुष्टि भएको छ।

दैनिक बृद्धिदरमा यो संख्या अहिलेसम्मकै बढि हो। धनगढीसहित विभिन्न प्रयोगशालामा भएको परीक्षणमा एकैदिन चार सय ८९ जनामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार पाँच सय ३५ पुगेको छ।

यता धनगढीमा गरिएको परिक्षण शुक्रबार थप ३९ जनामा कोरोना पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका अनुसार ९ महिला र ३० जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।अछामको मंगलसैनका २ जना, बैतडीको मेलौलीका ३ जना, पुर्चौडीका ८ महिने बालिका, बझाङको छविसपाथिभराका १ जनामा कोरोना पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

यसैगरी डोटीको शिखर नगरपालिकाका एकजना, केआई सिंहका एकजना, आदर्श गाउँपालिकाका १० जना र कैलालीको गोदावरीका १० जनामा कोरोना देएिको उनले बताए।

यस्तै अछामका विभिन्न स्थानबाट थ्रोट स्वाब सङ्कलन गरेर राष्ट्रिय प्रयोगशाला टेकु, पाटन अस्पताल र सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा एकै दिन ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सङ्क्रमित हुनेमा साँफेबगर नगरपालिकामा ५२ जना, चौरपाटी गाउँपालिकामा २४ जना, ढकारी गाउँपालिकामा २७ जना, मङ्गलसेन नगरपालिकामा २९ जना, तुर्माखाँद गाउँपालिकामा १९ जना, मेल्लेख गाउँपालिका १५ जना छन्।

यस्तै बान्नीगढी जयगढ गाउँपालिकामा २९ जना, कमलबजारमा सात जना र पञ्चदेवल विनायक नगरपालिकामा ६ जना नयाँ सङ्क्रमित पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए।

यस्तै चुरे गाउँपालिकाका दुईजना, टिकापुरका एकजना र कञ्चनपुरको भीमदत्तनगरपालिकाका ७ जनामा कोरोना संक्रमण देएिको हो । यो सँगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या साढे तीन हजार नाघेको छ । भुसको आगो झैं फैलिरहेको कोरोनाको संक्रमणलाई रोक्न नसकेका कारण सुदुरपश्चिम क्षेत्रमा निकै ठूलो त्रासको वातावरण सृजना हुन पुगेको छ ।