आषाढ पूर्णिमामै किन मनाईन्छ गुरु पूर्णिमा ? यस्तो छ कारण

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ । आज हामी, आषाढ पूर्णिमामै किन मनाईन्छ गुरु पूर्णिमा ? यस्तो छ कारण, भन्ने विषयमा विशेष जानकारी लिएर सदाको जस्तै आज पनि उपस्थित भैसकेका छौँ ।

आषाढ शुक्ल पूर्णिमालाई व्यासपूर्णिमा भनिन्छ । यस दिन गुरुका रूपमा व्यासको पूजन गरिन्छ । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइन्छ ।

वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ ।

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्‍वरः । गुरु साक्षात्‌ परब्रह्म तस्मै श्रीगुरुवे नमः ॥ गुरुः पिता गुरुर्माता गुरुर्देवो गुरुगर्ति । शिवे रुष्टे गुरुस्त्राता गुरौ रुष्टे कश्चन ।।

पुरा जानकारीका लागि यो भिडियो अन्त्यसम्म हेर्नुहोस् |