सभ्यता र भुषणको ”पसन्द आया”मा हेर्नुहोस रोमान्स

आर पोखरेल, काठमाडौँ ।

नेपाली तथा बलिउडमा सक्रिय रुपमा आफनो अभिनय प्रस्तुत गर्दै आम दर्शकको रोजाइनमा बस्न सफल कलाकार तथा मोडेल सभ्यता गिरी र भुषण पाटिलको फिचिरिमा रहेको ”पसन्द आया” गीतको भिडियो जि म्युजिक को अफियल युटुव च्यानल मार्फत सार्वजनिक भएको छ ।

प्रेम र रोमान्सलाई ”पसन्द आया”गीतमा समेटिएको छ । युगल जोडीको मनोभावनालाई गीतमा समेटिएको छ । प्रतिभा शर्माको आवाजमा रहेको गीतमा विपिन दासको शब्द तथा संगीत रहेको छ । जितेन्द्र सिंंह रानाको छायाँकन , राजाको सम्पादन तथा आनन्द राउतको निर्देशन भिडियोमा रहेको छ ।

”पसन्द आया” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।