“कहिले बन्छ देश?”गीत सार्वजनिक

नेपालको समसामयिक घटना र बास्तबिकता लाई मध्यनजर गरि तयार गरिएको गीत “कहिले बन्छ देश” सार्बजनिक भएको छ lगीतको सुरुको लाइनमा भनिएको छ – “कहिले बन्छ देश मेरो कहिले बन्छ देश , फुलिसक्यो केश मेरो फुलिसक्यो केश “एउटा ब्यक्ति जन्मेर केश फुलिसक्दा पनि देशको हालत उस्तै रहेको जनताको अवस्था नबदलिएको कुरा लाई झल्काउन खोजिएको छ l

बिग्रदो देशको राजनिती परिस्थिति र उस्तै रहिरहेको भ्रस्टाचार,हिंसा,विभेद ,गरिबि,अनियमितता विभिन्न कान्डहरुको बारेमा शब्द समेटिएको छ l गीतमा गायन रियालिटी सो “लोक स्टार” का चर्चित गायक रामकुमार नेपालीले स्वर दिएका छन् भने राजेश बर्देवाले संगीत गरेका छन् l मनोज केसि ‘समय ‘ले सिर्जना गरेको गीतमा स्वयं गायक अभिनय गरेका छन् उनलाइ बाल कलाकार ले साथ दिएकी छन् l डि आर सुजनको निर्देशन रहेको गीतमा रक कौशलको छायांकन तथा दिपक बिस्टको सम्पादन रहेको छ l