आफ्ना छोडेर लाहुर जानुको पी’डा, ७ वर्षीया छोरीको अभिनयले रुवायो सबैको मन (भिडियो) : बाध्यताको कथा:

काठमाण्डौ, नारायण रायमाझी लोक संगीतमा मात्र नभई नेपाली फिल्म इन्डस्ट्री लगायत समग्र कला क्षेत्रमा निकै चर्चित र स्थापित नाम हो । २०४५/४६ सालतिर बाट व्यवसायिक रुपमा गित गाउँन थालेका रायमाझीका प्राय गितहरु जनजिब्रोमा झुण्डिएका हुन्छन |

नारायण रायमाझीलाई यहाँसम्म पुर्याउन आफ्ना स्वर्गिय दाजु लक्ष्मणको ठुलो हात रहेको रायमाझी आफैँले पटक पटक बताउदै आउनुभएको छ । उनका बहु चर्चित गित जसले उनलाई सुरुमा लोक संगीतमा चिनायो स्थापित गरायो ति प्राय गितहरुको रचना स्वर्गिय लक्ष्मण रायमाझीले गर्नु भएको थियो । रायमाझी अहिले नयाँ सँगै तिनै पुराना पुराना कालजयी गितहरु आफ्नो दाईको सम्झना गर्दै रिमेकिङ गर्दैछन । रिमा इन्टरटेनमेन्ट बाट महिनामा १-२ वटा पुराना गितहरु रिमेकिङ गर्ने क्रममा एकताकाको निकै चलेको हृदयविदारक गित कार्गिल -२ ‘के लेखौँ र खबर आमा’ भर्खरै सार्वजनीक भएको छ । विशेष त लाहुरेको जीवन कथामा आधारित उक्त गितले रोजीरोटीको लागी परदेशिन विवस लाखौँ नेपालीको कथा सँग मेल खाएको छ
कार्गिल २ मा शब्द संगीत र स्वर स्वयं नारायण रायमाझीको छ भने महिलामा पछिल्लो समयकी चर्चित गायिका कमला पोखरेलले गएकी छिन ।

अहिलेका चर्चित एरेञ्जर श्याम श्वेत रसाईलीको एरेञ्ज, मिक्सिङ रहेको गीतमा कलाकारहरु सुपिरिचित आमा रमा थपलिया, ऋषिराम खड्का, रोशनी कार्की र बाल कलाकारमा प्रिन्शा खड्का लगायतले अभिनय गरेका छन । भिडियोमा बाल कलाकार प्रिन्शा खड्काको अभिनयले धेरैको मन रुवाएको छ । भर्खरै ६ वर्ष पुरा गरेकी प्रिन्शा प्रायले चिनेका नाम हो । प्रिन्शाले ५ वर्षकै उमेरमा २०१९ मा मिनी मोडेल वल्डको ताज सँगै वेस्ट डान्सर अवार्ड जितेर नेपालको नाम राखेकी थिइन । सिधा न्युजसँगको कुराकानीमा सुटिङ टिम भन्छ ‘ठुला कलाकारलाई बरु २-३ टेक लिनुपर्ला तर बाल कलाकार प्रिन्शा खड्कालाई दोस्रो टेक सायदै लिनुपर्दैन उनि भित्र अभिनयको प्यास छ ।’

‘कार्गिल २’ म्युजिक भिडियोको निर्देशन पनि नारायण रायमाझी आफैँले गरेका थिए भने सह निर्देशनमा बिन्दु खड्काले सघाएकी थिइन । भिडियोको छायाङकन सम्पादन र कलर मिराज अर्यालले गरेका हुन् ।