अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा कोरोना सचेतीकरण सहित मास्क वितरण

कमला घिमिरे,
राष्ट्रिय स्वयंसेवक युवा संघ अर्घाखाँचीले माक्स वितरण गरेको छ। अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा विभिन्न कामको सिलशिलामा मास्क नलागाई आएका सर्वसाधारण लाई कोरोना सचेतीकरण सहित मास्क वितरण गरेको हो ।

लकडाउन खुले संगै बजार क्षेत्रमा सर्वसाधारण सुरक्षा सावधानी विना आउदा जोखिम हुने देखीएकोले सचेतनाको लागी मास्क वितरण गरेको संघका सदस्य हलिम खानले बताए ।

सुरक्षामा खटिएका प्रहरीलाई समेत मास्क वितरण गरिएको थियो । संघले करिव ७०० थान सर्जिकल मास्क वितरण गरेको नेपाल स्वयंसेवक संघ जिल्ला अध्यक्ष आकाश भुसाल वताए । उक्त कार्यक्रमा जिल्ला अध्यक्ष आकाश भुसाल ,सह सचिव सरिता गैरे, जिल्ला सदस्य हलिम खान, उमेश गौतम लागायतको सहभागिता रहेको थियो ।

संघका पदाधिकारी र सदयस्यहरुले आफ्नै लगानीमा मास्क खरिद गरी वितरण गरेको जनाएको छ|