कोरोना संक्रमित बढ्न थाले सुदूरपश्चिममा

वीरेन्द्र रावल,

धनगढी,असार ४ ÷सुदूरपश्चिममा विहीबार सम्म २सय ३८ जनामा कोरोना भाइरसबाट मानिसहरु संक्रमित भएको जनाइएको छ ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २ सय १३, सेती प्रादेसिक अस्पतालमा २४ र कर्णालीमा भएको परीक्षणमा एक जना गरी थप २ सय ३८ जनामा कोभिड –१९ पोजिटिभ देखिएको जनाइएको छ।

नयाँ देखिएका संक्रमितहरू डडेल्धुरा, बैतडी, कैलाली, बाजुरा र अछाम जिल्लाका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनु भएको छ।

जस अनुसार अछामका ११ महिला र ३१ पुरुष गरी ४२ जना, बैतडीका २ महिला र २३ पुरुष गरी २५ जना, बाजुरामा १५ महिला र २६ पुरुष गरी ४१ जना, डडेल्धुराका ७ महिला र ७७ पुरुष गरी ८४ जना, कैलालीमा २ महिला र १९ पुरुष २१ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै कर्णालीको एक प्रयोगशालामा कैलालीकै थप एकजनामा कोरोना भाइरस संक्रमण पाइएको छ।यसैगरी कैलालीका ३ जना, कञ्चनपुरका २० जना र अछामका १ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी बताउनु भएको छ ।
यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६सय १७ पुगेको छ । कोरोना पुष्टि भएका चारजनाको मृत्यु भएको छ । ८१ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर फर्किएका छन । कोरोनाको कहर बढेसंगै सुदूरपीश्चममा व्यापक त्रासको वातावरण सृजना भएको छ।

भारतबाट आएका अधिकाँश मानिसहरुमा संक्रमण देखिएपछि आरडिटी र पिसिआर चेक जाँच विनानै घर प्रवेश गर्न थालेपछि सुदुरपीश्चममा मानिसहरुमा व्यापक चिन्ता छाएको छ।

मलामी नपाउने अवस्थाको सृजना्

मर्दाका मलामी विहेका जन्ती भन्ने नेपाली उख्खान अव केवल सपनामै सिमति हुने देखिएको छ । कारोना संक्रमणबाट मृत्यु भएका मानिसहरुको पिसिआर रिपोर्ट बाट पछि कोरोना पुष्टि हुन थालेपछि अव सुदूरपश्चिममा पनि मलामी जाने मानिसहरुको संख्यामा निकै कमि आएको छ । भने कोरोनाको त्रासका कारण अव मानिसहरु अन्य रोगका कारणले मृत्यु हुन गएको खण्डमा पनि मलामीको चरसम अभाव सजना हुन थालेको छ ।

यसैक्रममा कोरोना सङ्क्रमणका कारण मृत्यु भएका कैलालीका दुई जनाको शव विहीबारका दिन व्यवस्थापन गरिएको छ । गोदावरी नगरपालिकाका पुरुष र लम्कीचुहा नगरपालिकाकी महिलाको छुट्टाछट्टै स्थानमा शव व्यवस्थापन गरिएको हो।

सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका गोदावरी नगरपालिका १ का कोरोना सङ्क्रमित पुरुषको नेपाली सेनाले शव व्यवस्थापन गरेको छ । मृतकको शव स्थानीय मोहना नदी किनारमा मापदण्ड अनुसार व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। मृतकका आफन्तले भने टाढै बाट शव व्यवस्थापन हेर्न मात्रै पाएका थिए । उता, कोरोनाका कारण मृत्यु भएकी कैलालीको लम्कीचुहा नगरपालिकाकी महिलाको शव बाँकेको जङ्गलमा व्यवस्थापन गरिएको छ । उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । उनको मृत्यु पछि कोरोना पुष्टि भएको थियो।

कोरोनाको संक्रमण फैलिए संगै सामाजिक कार्यमा अधिकाँश गतिविधीहरुमा समेत व्यापक कमि आउन थालेको छ ।- इनेप्लिज