यी राशि भएका युवतीलाई बिवाह गर्दा घरलाई बनाउँछन स्वर्ग, सुन्दर मन हुने नारिहरु !

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
ज्योतिष विज्ञानमा ग्रह नक्षत्र अनुसार उसको स्वभाव आनीबानी र भाग्य को मुल्यांकन गरिन्छ । ज्योतिष विज्ञान हाम्रो मानव जीवनमा जोडिएको एक शास्त्र हो । ज्योतिष शास्त्रले भनेका र भविष्यवाणी गरेका कुराहरुमा सत्यता रहेको हुन्छ । मानिसका फरक फरक राशि अनुसार उसको व्यवहार फरक हुने गर्दछ । विवाहको सम्बन्धमा पनि राशि अनुसार नै वैवाहिक सम्बन्ध र परिवारको निर्धारण रहने गर्दछ । ज्योतिष शास्त्रका अनुसार यी तल दिएका राशि हुने युवतीहरू कुनै पनि युवक का लागि धेरै राम्रा र सफल जिवन साथी बन्न सक्छन ।

वृष राशीः वृष राशि हुने युवतीहरु धेरैनै समझदार हुन्छन । आफ्नो मात्र खुशी मात्र नभई पूरै परिवारको खुशीलाई यस राशि हुनेहरु प्राथमिकतामा राख्छन । अभावमा पनि चित्त बुजाउन सक्ने हुँदा जवन साथी माथि आइलाग्ने हरेक दुखमा वृष राशि हुने बुहारीहरुले साथ दिन्छन । शहनशक्तिले भरिपूर्ण हुनाले पनि यस राशि हुने बुहारीहरु उत्कृष्ट मानिन्छन । निर्णय लिने मामलामा पनि यस राशि हुनेहरु समझदार मानिन्छन।

कन्या राशिः कन्या राशि हुने महिलाहरु शान्त स्वभावका हुन्छन । कुनै पनि विषयमा छिट्टै प्रतिक्रिया जनाउँदैनन । कलह देखि पनि कन्या राशि हुनेहरु टाढा रहन रुचाउँछन । जसकारण जिवनसाथीका रुपमा कन्या राशि हुने युवतीहरु उदाहरणनै बन्न सक्छन । परिवारको हरेक कार्यमा आफ्नो सहभागिता जनाउने हुँदा परिवार खुशी रहन सक्छ । आर्थिक मामिलामा पनि कन्या राशि हुने युवतीहरु बुद्धिमानी मानिन्छन ।

मीन राशिः मीन राशि हुने कन्या पनि उत्कृष्ट मानिन्छन । उनीहरु आफू भन्दा पनि परिवारलाई प्राथमिकतामा राख्छन । आफुलाई भन्दा जिवनसाथी लाई माया गर्छन। परिवारमा आइपर्ने दुख माथि विशेष निगरानी रहने गर्छन। दुखको समयमा परिवारलाई उचित सल्लाह दिन्छन । यति मात्र नभई अप्ठ्यारो परिरिस्थतीमा पनि उचित कदम चाल्न सक्ने समेत यस राशि हुने बुहारीहरुमा क्षमता हुन्छ । बाहिरी उकसाहटमा कुनै पनि कदम चाल्नु अगाडी धेरै सोच्ने हुँदा पनि मीन राशि हुने जिवनसाथी लक्ष्मी समान हुन्छन ।