६ वर्षसम्म सुशान्तसंग ‘लिभ इन रिलेसन’ मा बसेकी अंकिताले लेखिन मन छुने स्टाटस !

एजेन्सी । अभिनेत्री अंकिता लोखन्डेले सुशान्त सिंह राजपुतको निधन पछि इन्स्टाग्रामा भावुक स्टाटस लेखेकी छिन् । टीभी सिरियल ‘पवित्र रिश्ता’ बाट चर्चामा आएकी अंकिताले कंगना रनाबतसँग फिल्म ‘मणिकर्णिका’ बाट बलिउडमा डेब्यु गररेकी छिन् ।

र सुशान्तसँग ६ वर्षसम्म लिभ इन सम्बन्धमा बसेकी उनले लेखेको स्टाटस अहिले सामाजिक संजालमा भाइरल भएको छ । राजपुतले आइतबार आत्म ह’ त्या गरे तर उनले के कारणले आत्म ह’ त्या गरे भन्ने बारे खुलेको छ्रैन् ।

अंकिता र सुशान्तले सन् २००९ मा जीटीभीको शो पवित्र रिश्तामा मुख्य भूमिका निभाएका थिए। उक्त शो २०१४ सम्म चलेको थियो। उनीहरु लिभ इन सम्बन्धमा थिए । दुबै ६ वर्षसम्म लिभ इन रिलेसनमा रहेपनि सन् २०१६ मा ब्रेकअप भएको थियो।तर, अहिले अंकिता व्यापारी विक्की जैनसँग रिलेसनमा बस्दै आएकी छिन् ।

सुशान्त सिंह राजपुत र अंकिता लोखन्डे पवित्र रिश्तामा पति पत्निको भुमिका निभाएका थिए । तर उनले आइतबार ३४ बर्षको उमेरमा के कारणले ज्यान फाले भन्ने बारे मुम्बइ प्रहरीले अनुसन्धान शुरु गरेको छ । ‘केदारनाथ’, ‘छिछोरे’, ‘एम।

एस धोनी’, ‘पिके’, ‘शुद्ध देसी रोमान्स’, ‘सोनचिडैया’ लगायतका फिल्म अभिनय गरेर फ्यानको मन मुटुमा बसेका सुशान्तको पूर्व म्यानेजर दिशाले एकहप्ता अघि आत्म ह’ त्या गरेकी थिइन ६ महिनादेखि डिप्रेसनको शिकार भएका सिंह आफ्नै घरमा झु,ण्डिएको अवस्थामा फेला परेका थिए ।