घरमा बाल्नुहोस् बिहान बेलुकी धुपबत्ती (हरेक नेपालीले हेर्नैपर्ने भिडियो)

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

यसपटक हामी, किन बालिन्छ धुप ? भन्ने विषयमा युवा ज्योतिष केशव गौतमको अत्यन्तै जीवन उपयोगी वास्तु शास्त्रिय सामग्री लिएर आएका छौँ । आउनुहोस् लागौँ आजको सामग्री तर्फ । पूजा गर्दा धूप बाल्ने प्रथा सबै धर्ममा विद्यमान छ । किन बालिन्छ त धूप ? कहिल्यै विचार गर्नुभएको छ ? भगवानलाई खुसी गर्नका लागि बालिने धुप तथा अगरबत्ती हाम्रो जीवनमा के कस्ता असर गर्छ त ? जानाैँ ।

प्राय जसो धार्मिक अनुष्ठानमा अगरबत्ती प्रयोग गरिन्छ । किन अगरबत्ती जलाइएको होला ? यसबारेमा कहिल्यै सोच्नु भएको छ? यसबाट उत्पन्न हुने सुगन्धको के अर्थ होला ? खासमा धूपको धूँवाले घरको नकारात्मक ऊर्जालाई नष्ट गरिदिन्छ । यो धूँवाले वातावरण पवित्र र शुद्ध हुन्छ । त्यसैले कुनै कुनै घरमा त बिहानदेखि बेलुकीसम्म अगरबत्ती वा धुप बालिन्छ । धुपको धूँवाले ब्याक्टेरियालाई नाश गर्छ । त्यसैले कतिपय अस्पतालले पनि धुप बाल्ने गर्छन् ।