नेपाली ईतिहासमा स्वर्ण अक्षरले लेखिने दिनको रुपमा रेकर्ड भएको छ

प्रेस बिज्ञाप्ती : मिति: २०७७/ जेठ ३१ गते सनिबार आज को दिन नेपाली ईतिहासमा स्वर्ण अक्षरले लेखिने दिनको रुपमा रेकर्ड भएको छ ,र हामी ३ करोड नेपालि जनताको जित भएको छ। भारत द्वारा लुटिएको हाम्रो मातृभुमी लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता गर्न नेपाल सरकार र, सम्पुर्ण राजनितिक दलका माननीय ज्यु हरु राष्टको पक्षमा उभिएर एकताबद्ध ढंगले नेपालको संबिधान दोश्रो संशोधन बिधेयक (संबिधान अनुशुचि ३ मा रहेको निशान छाप परिबर्तन गर्न) नयाँ नक्सा सहितको निशाना छाप बनाउन संबिधान संशोधन बिधेयक २०७७ दुई तिहाई बहुमत ले राष्टको पक्षमा पारित गरेको मा नेपाल सरकारलाई र सम्पुर्ण राजनितिक दलका सांसद ज्यु हरुलाई बहिर्गमित जनमुक्ती सेना नेपाल द्वारा स्वलुट गर्दछ।

हाम्रो भुमी अतिक्रमण गरि भारतिय बिस्तारबादी ले बिगद लामो समय देखि हजारौ को संख्यामा सेनाहरु तैनाख गरि सैन्य क्याम खडा गरेर बुट बजार्दै परेट खेलिरहेका छन्। ती हाम्रा भुमी माथी दादा गिरि देखाउदै बसेका भारतिय सेना लाई कालापा पानी बाट फिर्ता पठाई त्यस क्षेत्रमा हाम्रो नेपालि सेनालाई राखी नरेन्द्र मोदि सँग नेपाल सरकार का प्रधानमन्त्री केपि शर्मा ओलि ज्यु ले लुटिएको भुमी फिर्ता ल्याउन फेस टु फेस बार्ता गर्दै निकाष खोज्नु पर्छ। बार्ताको माध्यम बाट पनि निष्कर्ष मा पुग्न नसके हाम्रो सम्पुर्ण सपूत प्रमाणहरु लिएर खुट्टा नकमाई अन्तरास्ट्रिय अदालत सम्म पुगि हाम्रो लुटिएको भुमी फिर्ता गर्न नेपाल सरकारले महत्त्वपूर्ण भुमिका खेल्दै अगाडि बढोस भनि शुभकामना ब्याक्त गर्दछौ।

अहिले नेपालको नक्सा को लागि जसरी एकता बद्व भएर नेपाल सरकार र सम्पुर्ण राजनितिक दलला सांसद ज्यु हरु लाग्नु भएको छ ,त्यसरी नै राष्टघाती मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसी को विरुद्धमा पनि एक जुट भई आमेरिकाले एमसिसी मार्फत नेपालाई बिकास को सपना देखाएर सैन्य परेड अखडा बनाउदै प्राकृतिक साधन र श्रोत कब्जा गर्न खोजेको सणेन्त्रलाइ पराष्त गर्न अमेरिका सँग गरिएको एमसिसि सम्झौता खारेज गर्न सरकार र सम्पुर्ण दलका सांसद ज्यु हरुलाई बहिर्गमित जनमुक्ती सेना द्वारा गम्भीर ध्यानाकर्षण गराउदछौ।

बहिर्गमित जनमुक्ती सेना नेपाल
राजन थापा (सुवास) उपाध्यक्ष तथा प्रबक्ता