आज नेपालमा सबैभन्दा धेरै ४४८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०६२ कोरोनालाई जितेर ८७७ जना घर फर्किएको

काठमान्डौ ।

नेपालमा आज सबै भन्दा बढी संक्रमित पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आज एकैदिन थप ४४८ जनामा कोरोना पुष्टि भएको हो ।

आज थपिएका कोरोना संक्रमित सहित नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुगेको प्रबक्ता गौतमले बताएका छन ।आज कोरोना पुष्टि भएकाहरु मोरंग , झापा , चितवन , धादिंग , सप्तरी , उदयपुर, सप्तरी , सिरिहा , धनुषा , महोत्तरी , सर्लाही , रौतहट , बारा, सुर्खेत, दैलेख , नवलपरासीका छन ।

त्यस्तै आजै थपिने संक्रमितहरु इलाम , झापा , सुनसरी , पर्बत, स्याङजा, नवलपरासी पुर्ब , तनहु , बर्दिया , बाके ,कपिलबस्तु , दाङ , अर्घाखाची , गुल्मी , पाल्पा, प्युठान , नवलपरासी पश्चिम , नुवाकोट , काठमान्डौका छन् ।

कोरोनालाई जितेर २४ घन्टामा १६ जना डिस्चार्ज भएका छन् । हाल सम्म कोरोनालाई जितेर ८७७ जना घर फर्किएको प्रबक्ता गौतमले बताए ।