पहिलो पटक चलचित्रको गीतमा टिकटक प्रतियोगीता – उत्कृष्ट २० सार्वजनिक, यी हुन टप २० मा पर्नेहरु – हेर्नुहोस्

काठमाण्डौं । नेपालमा चलचित्र क्षेत्रमै पहिलो पटक नेपाली चलचित्र फेक फ्रेण्डको गीतमा टिकटक प्रतियोगिता फिल्म लेखक, निर्माता, निर्देशक भिम लामाले शुरु गरे । बैशाख २३ गतेदेखि लामाले आफ्नो छैटौं चलचित्र फेक फ्रेण्डको लभ सङ ‘यो मुटु भित्र तिमिलाई सजाई राखौला‘ भन्ने गीतलाई टिकटक प्रतियोगीतामा समाविष्ट गरी उत्कृष्ट ५० छनौट गरेका थिए भने सोहि चलचित्रको अर्को गीत ‘माया तिमीलाई गर्छु म‘ बोलको गीतलाई टिकटक प्रतियोगीतामा समावेश गरी उत्कृष्ट २० पनि छनौट गरिसकेको लामाले बताएका छन् ।

गुणगुण थापा, जुना लामा, श्रेया शर्मा, अनु मगर, जेसिका रिजाल, रक्षा राई, कमान सिङ दाई, बिशाल पाठक, रेश्मा बान्तावा राई बिनोद खड्का, कन्चन राई, शिव भट्टराई भावना नेपाल भट्टराई, आरती राई, सन्जय गिरी, मोहन क्षितिज, रमियो लिम्बु, निशा लामा, बिष्णु बिक्रम निरौला, मिना रसाइली, तिर्थ राज बिक र मोनिका हमाल उत्कृष्ट २० मा पर्न सफल प्रतियोगीहरु भएको लामाले बताएका छन ।

प्रतियोगितामा बिवाद नहोस भनेर सबै प्रतिस्पर्धीहरुको मुल्यांकन गर्ने, छान्ने जिम्मा लाइक, कमेन्ट र सेयर गर्नुहुने दर्शकहरुलाई दिएको लामाले बताएका छन् । त्यस्तै उत्कृष्ट १० मा छनौट गर्नको लागि पनि फेक फ्रेण्ड चलचित्रकै अर्को गीत ‘सधैं तिमीलाई यी नयनले खोजिरहन्’ बोलको गीत सार्वजनिक गरिसकिएको छ । यस्तो छ गीत

टप २० बाट फेरि टप १० छान्ने अनि टप १० बाट एकजना उत्कृष्ट टप १ छानिनेछ र टप १ हुने बिजयी प्रतियोगिले नगद रु. ११,१११ र प्रमाणपत्र सहित भिम लामाले निर्माण गर्ने कुनै एक नयाँ चलचित्रमा खेल्न पाउने अवसर पनि दिने उनको भनाई छ ।

लामाले लकडाउनको भरपुर सदुपयोग गर्दै कलाकार बन्न चाहने र टिकटक प्रेमिहरुलाई सुवर्ण अबसर दिएका छन । यसरी अबसर दिईएको चलचित्र फेक फ्रेण्डको निर्देशक स्वयं भिम लामा हुन् र यदि यो टिकटक प्रतियोगिता सम्बन्धि बुझ्न चाहनु हुन्छ भने ९८५२०६३५३४ र ९८१३६३१०१२ मा सिधै स,म्पर्क पनि गर्न सक्नुहुनेछ ।