कोरोनाबाट मृ*त्यु भएकाको श*व गाड्न लाग्दा पोखरामा झडप, प्रहरीको लाठी*चार्ज (भिडियो)

कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु भएपछि उक्त शव व्यवस्थापन गर्ने क्रममा स्थानीयवासिन्दाहरुले अबरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको छ । पोखरा महानगरपालिकाको ११ वडामा रहेको रिठ्ठा घाटमा महानगरले कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न खोजेपछि स्थानीयहरुले बिरोध जनाएका थिए । पानीको मुहान नजिकै भएको, ठाउँ साघुरो भएको र आफ्नो गाउठाउँका मानिसहरुको मृत्यु हुँदा दाहसंस्कार गर्ने ठाउँ भएकाले यहाँ शवलाई गाड्न नहुने भन्दै अबरोध गरेका थिए ।

अबरोधका क्रममा प्रहरीले केही स्थानीयहरुलाई समेत नियन्त्रणमा लिएको छ । स्याङ्जा घर भई पोखराको कोरोना अस्पतालमा उपचार गराईरहेका ६० बर्षिय पुरुषको मृत्यु भएपछि महानगरले शवको व्यवस्थानका लागि मणिपाल अस्पताल मुनीको रिठ्ठा घाटमा गाड्ने सोच बनाएको थियो । यद्यपी स्थानीयको अबरोधलाई पन्छाउँदै नेपाल आर्मीको एक टिमले शवलाई उक्त रिठ्ठा घाटमै व्यवस्थापन गरेको छ ।

हेर्नुहोस् पुरा भिडियो ।