टर्कीमा २ हजार भन्दा बढी नेपालीहरु बिचल्ली, सडकमा आउने अवस्था! हार गुहार माग्दै सरकार उद्दार गर भन्दै नेपाली युवा मिडियामा

चिनको वुहान बाट सुरु भएर विश्वभर महामारीको रुपमा फैलिएको कोभिड- १९ कोरोना भाईरसको कारणले संसारका मानबजाति भयभित भएका छन् । नेपाल जस्तो गरिब मुलुकमा झन् यसको असर बढी परेको छ । लामो समयको लकडाउनको कारणले गर्दा नेपालमा दैनिक मजदुरी गर्ने श्रमिक, पिडत नागरिक, राहत बिहिन र अनाथ असाहयहरुले दुइ छाक खान समेत नपाईरहेको अबस्थामा समाजसेवीहरु ले राहत वितरण गरी भोका पेटलाइ खाना खुवाउँने कार्यमा सक्रिय रहेका छन् ।

त्यस्तै प्रवासमा नेपाली हरु बिचल्ली भएको अवस्था देखा परेको छ बिशेष गरेको टर्की देश मा करिब हारा हारी ६ हजार सम्म रहेका नेपाली हरु मध्य २ हजार भन्दा बढी नेपाली हरु बिचल्ली भएको जानकारी आएको छ । दर्दनाक पिडामा रहेका नेपाली हरुको समस्या लाई सरकारले छिट्टो भन्दा छिट्टो समाधान गर्दै उदार गरोस ।

टर्की नेपाली समाज का सल्लाहकार राजन योन्जन को कुराकानी मा नेपाली हरुको पिडा बोकेको यो भिडियो हेर्नुहोस ।