समसामयिक बिषयवस्तुमा आधारीत “दलित” नामक छोटो चलचित्र सार्वजनिक

नेपाली समाजमा छुवाछुत प्रथाले नराम्रोसंग जरा गाडेर बसेको छ। बिभिन्न कालखण्डमा राजनैतिक मुद्दा बनेको यस प्रथा अझै सम्म पनि हट्न सकेको छैन । श्रम , पैसा ,जवानी सबै चल्ने तर पानी किन नचल्ने भदै लामो समयदेखि दलित आन्दोलन चल्दै आएको छ । र लाग्दछ अझै पनि यस्तै आन्दोलन्हरु चलिरहनेछ। यस्तै बिषयलाई समेटेर देवदहका युवाहरुले एटा भिडियो निर्माण गरेका छन । दलित नाम दिएर उक्त भिडियोको निर्माण गरिएको छ ।

नेपाली समाजमा भनिने माथिल्लो र तल्लो जातको युवा युवतीबिच भएको प्रेम सम्बन्ध र तेस्पछि विवाहसम्मको यात्रालाई उक्त भिडियोमा देखाईएको छ। समाजमा रहेका अन्य ब्यक्तिहरुले सो प्रेमलाई हेर्ने नजर र उनिहरुबिच गरेको दुर्ब्यवहारलाई सो भिडियोमा झल्काउन खोजिएको छ। भिडियोमा सुरज बश्याल,बिपना शर्मा,रोशन अधिकारी,युनिश अधिकारी,प्रकाश भण्डारि,सन्दिप अधिकारी र राहुल साप्कोटाको अभिनय रहेको छ । ।सुरज बश्यालको कथा रहेको उक्त भिडियोलाई निरज फोटोग्राफिका निरज ढकालले छायांकन, निर्देशन तथा सम्पादन गरेका छन।