कोरोनाले हैन भोकले अबश्य मार्छ हामीलाई (मार्मिक भिडियो सहित)

नेपाली सागीतिक क्षेत्रमा सुन्दर तस्बिर बनाउन सफल भएकी गायिका सृजु अधिकारी आज भोली निरन्तर लक डाउन पिडित हरुको लागी खटी रहेकी छिन कहिले चावलको बोरा त कहिले भुखले तड्पी रहेका नेपाली हरुको लागी भोजन प्रदान गर्दै सामाजिक कार्य मा निकै सक्रिय देखिएकी छन् । उनि संगी को बिशेष अन्तरबार्ता लगायत उनको फेसबुक मा राखिएको भिडियो सामग्री जस्ताको तस्तै हेर्नुहोस ।

सृजु लेख्छिन : सङ्गीतकर्मी संघ को अभियान जारी छ।कृपया तस्बिर आफै बोल्छ।आज फेरी आँखा रसायो मेरो यस्तो गरिब देश मा जन्मीएछू। जहाँ का नागरिक अझैपनी अलपत्र बाटो मा भोकभोकै छट्पटाइरहेका छन् कोरानाले भन्दा बढि भोकले सतायो हजूर 4 दिन भयो खाना नखाएको भोका पेटहरु बोल्छन।मेरो भिडीयो लिनुहोस् यो सरकार समक्ष पुर्याईदिनुहोस्।”बिन्ति छ यस्लाइ भाईरल बनाउनुहोस्” रे मलाई आज फेरी मन थाम्न गार्हो भयो।

हेर्नुहोस भिडियो :