हेर्नुस जाजरकोट घटनामा ५ मा खाना बेच्ने कुमारले पोखे यस्तो आक्रोस , फेक कल रेकर्ड कसको थियो ? (भिडियो सहित)

झापा । प्रेमिकाले ‘मलाई लिन आऊ, नभए अर्कै केटासित मेरो विवाह गरिदिन लागेका छन्’ भन्ने म्यासेज नगरिदिएको भए जाजरकोटका नवराज विश्वकर्मा लकडाउनका बेला भेरी नदी तरेर पल्लो गाउँ जान हतारिने थिएनन् । प्रेमिकालाई घर भित्र्याउने सपना साँचेका उनी भेरी त तरे तर प्रेमिकाको हात समाएर घर फर्कन पाएनन् । आफ्ना पाँच साथीसहित उनी भेरीमै विलिन भए ।२०७७ जेठ १० गते रुकुमपश्चिमको सोतीगाउँकी ती किशोरीले नवराज विश्वकर्मालाई सम्पर्क गरिन् ।

आफ्नो परिवारले अर्कै केटासँग विवाह गराउन लागेको तर आफूले स्वीकार नगरेको बताउँदै आफूलाई लिन साथीहरूसहित आउन आग्रह गरिन् । नवराजले १९ जना साथीहरूलाई साताअघि नै छिट्टै प्रेमिकालाई भगाएर ल्याउने योजना बनाएको भन्दै सघाउन सहयोग मागेका थिए । तर पछिल्लो म्यासेज आएपछि उनीसँग कुर्ने धैर्य भएन ।रुकुमपश्चिमको यो घटनाले फेरी अर्को मोड लिएको छ । भर्खरै केहि मिडियामा उनीहरु बीचको फोन सम्पर्क भएको रेकर्ड बाहिर आएको छ । यो घटना सुनेपछि समाजसेवी कुमार राइले आफ्नो आक्रोश यसरी पोखेका छन् ।