चरि भए भुरुरु जान्थेँ उडेर पछि डिआर अटुले ल्याए अर्को मारुनी गीत ”शिरफुल” भिडियो सहित ।

काठमाडौँ,
पुर्वेली लोक गीत संगीतको दुनियाँमा आफनो छुटटै स्थान बनाउन सफल संगीतकार डि आर अटुको संगीतमा चरि भए भुरुरु गीतको सफलता सगैँ गायिका अमृता लिम्बुको आवाजमा रहेको ”शिरफुल” गीतको भिडियो सार्वजनिक भएको छ ।

दजनौ हिट आधुनिक गीतहरु आम दर्शक तथा श्रोता माझमा पुयाई सकेका गीतकार तथा संगीतकार डि आर अटुले उतिकै राम्रा राम्रा चर्चित पुर्वेली लोक गीतहरु क्रमश दिक्तेल बजार , गुडि जाने रेल , घाम छायाँ , झुम्के माया , नौ लाई सुन्ना नब्बे , माया हजुर , माथी है पर्यो , दिक्तेल बजार २ , हिडि जाने बटुवा , माथी माथी हिमाली भेगमा , सोल्टिनी ज्यु जस्ता मौलिक एवम नेपाली पन बोकेका भाकाहरु बजारमा ल्याएका छन । मौलिक लोक सस्कार र सस्कृतिलाई संरक्षण गदैँ गीत संगीतमा मौलिक भावहरुलाई आम दर्शक तथा स्रोता माझमा ल्याइएको संगीतकार डि आर अटुले बताए । यस अगाडि बजारमा आएको चरि भए भुरुरु गीतको हाल सम्म १ लाख ५ हजार भन्दा वढी टिक टक भिडियो निमार्ण भएको छ ।

जानु काम्बाङ लिम्बुको शब्द तथा डि आर अटुको संगीत संयोजन गीतमा रहेको छ । नेपाली नारीको गुन्यु चोली र पुर्वेली सस्कार र सस्कृतिलाई र पुर्वेलीको पहिचानलाई गीतमा समेटिएको छ । गीतलाई राजु कार्कीले ऐरेन्ज गरेका छन । अशिक जर्गेवुको छायाँकन तथा सम्पादन भिडियोमा रहेको छ ।

”शिरफुल” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।