दलित हुदा नवराजको यो अबस्था भएपछि कलाकार आशिष अविरलले पोखे पिडा :जातकै कारण स्कुलमा साथीहरुले पिट्थे

सांसद विमला नेपालीले रुकुममा गत जेठ १० गते मारिएका दलित युवालाई सहिद घोषणा गर्न माग गरेकी छिन् ।
बुधबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले आफूले चाहेको व्यक्तिसँग बिहे गर्न पाउनु नैसर्गिक अधिकार रहेको बताउँदै बिहेका लागि कानूनले कुनै जात नचिन्ने र मात्र २० वर्ष उमेर भएको चिन्ने बताउँदै सो घटनामा मारिएका सबैलाई सहिद घोषणा गर्न माग गरेकी हुन् ।

उनले भनिन्–‘कथित माथिल्लो जातको युवतीको प्रेम सम्बन्धका कारण रुकुम पश्चिम चौरजहारी ८ सोतीमा जाजरकोटको भेरी नगरपालिका राना गाउँका नवराज विकले मृत्युको खबरले स्तब्ध बनाएको छ । यो घटनामा ज्यान गुमाउने सबैलाई सामाजिक रुपान्तरणको सहिद घोषणा गरियोस् । संसदीय छानविन समिति बनाई दोषीहरुलाई हदैसम्मको कारबाही गरियोस भन्ने माग गर्न चाहन्छु ।’