थाम्नै सकेनन यी कलाकारहरुले आशु , टिका सानुले त गित बाटै रुवाइन यो कस्तो बिडम्बना (मार्मिक भिडियो)

जाजरकोट । अन्तरजातीय विवाह गर्न रुकुम पुगेका एक दलित युवकका मृत्यु भएको छ ।गैर दलितको छोरी लैजान खोजेको भन्दै रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकसहितलाई लखेटेका थिए ।

यसै घटना काण्डलाइ लिएर गायक गायिका कलाकार हरुले सबैले आफ्नो तर्फ बाट आवाज उठाउनु भएको छ । त्यस्तै लक्ष्मी वर्देवाले गत साल प्रेमी जीवन भट्टराईसँग अन्तरजातिय विवाह गरिन् । आफ्नो अन्तरजातिय प्रेम विवाह बारे खुलेर कुरा गर्ने लक्ष्मी जाजरकोटमा अन्तरजातिय प्रेम र विवाह प्रयासपछि नवराज विकको हत्या खबरले भने झस्किएकी छिन् । यो खबर बाहिरिएदेखि उनको मनमा शान्ति छैन् । जातकै कारण हत्यासम्म गर्ने नेपाली समाजप्रति लक्ष्मीको मनमा घृणा पैदा भएको । लक्ष्मी वर्देवाको यो आक्रोशपुर्ण लेख पढ्नुस् ।

लेख्ने, भन्ने कुरा कैयौं भए पनि यस्तो अवस्थामा हातहरु काम्दो रहेछ । तर डरले होइन, घृणाले । रुकुममा हालै भएको घटना पढेपछि मैले कैयौं पटक आफैलाई प्रश्न गरे “मान्छे भएर मान्छेलाई कुटपिट गरेर हत्या नै गर्न ती आपराधिक मानसिकतालाई के कुराले प्रेरित गर्यो होला ? जातले ? हुन त यो न पहिलो घटना हो र दुःखको कुरा न मैंले चाहेर यो अन्तिम नै हुनेछ । प्रेमले त संसार जितिन्छ भन्ने कुरा त पढ्न मात्रै पो मजा आउने रहेछ । यहाँ त सजाए “मृत्युु दण्ड“ थियो र अपराध “प्रेम“ ! जातिय विभेदको यो भन्दा पराकाष्ठा के हुन सक्ला र ? अझ जब थाहा हुन्छ कि समाज सुधारक भनौदाहरुले यस्ता अपराधहरुमा खुलेआम सहभागिता जनाएर नेतृत्व गरिरहेका थिए त्यति बेला म महसुस गर्न सक्छु कि म कुन हदसम्मको निकम्मा समाजमा “मान्छे मान्छे एउटै हो फरक किन भो“ भन्दै बेफ्वाकमा नारा लाइरहेको रहेछ ।

बाकी भिडियोमा हेर्नुहोला :