नरसिंह जयन्तीका दिन व्रत बस्दा हुन्छन् सबै मनोकामना पुरा !

नरसिंह जयन्तीका दिन व्रत बस्दा हुन्छन् सबै मनोकामना पुरा ! वैशाख शुक्ल चतुर्दशीलाई नृसिंह जयन्ती भनिन्छ । नृसिंहपुराणको वचन छ– वैशाखशुक्ल पक्षको चतुर्दशीका दिन प्रदोषकालमा नृसिंह अवतारका रूपमा अवतरण भएको हो । जसले प्रतिवर्ष नृसिंहजयन्तीमा मेरो आराधना गर्दछ त्यसमाथि म प्रसन्न हुन्छु ।

स्वाती नक्षत्र, शनिबार, सिद्धियोग, वणिज करणको योग सौभाग्यले मात्र प्राप्त हुन्छ । यस कुराको संयोजन नपरे पनि नृसिंहको जन्मदिन पाप नासक हुन्छ ।

हेमाद्रिका अनुसार – मध्यान्नकालमा भगवन नृसिंहको अवतरण भएकाले मध्यान्नकालमा महानदीको तीरमा गई निर्मल जलले स्नान गरेर पवित्र वस्त्र धारण गरी व्रत आरम्भ गर्नुपर्दछ । नृसिंहजयन्तीमा गरेको व्रतका पुण्यले सम्पूर्ण पाप नाश हुन्छ ।

नृसिंहजयन्तीका दिन स्वाती नक्षत्र, शनिबार, सिद्धियोग, वणिज करणको योग अत्यन्त दुर्लभ मानिएको छ । नृसिंहजयन्तीको उपेक्षा गर्ने व्यक्ति सूर्य चन्द्र रहेसम्म नरकमा बास हुन्छ ।

पुरा जानकारी भिडियोबाट लिनुहोस्