लकडाउन प्रभावकारी बनाऔं : डा. रवीन्द्र पाण्डे

-डा. रवीन्द्र पाण्डे,

– सरकारले हाम्रै लागि लक डाउन गरेको हो | लक डाउनको मुख्य सिद्धान्त भनेको जो जहाँ छ त्यहीं रहने हो | मर्निंग वाक, इभिनिंग वाक, भीडमा किनमेल जस्ता खतरनाक काम गर्नुहुँदैन | तपाइंको नजिकैबाट क्रस भएको व्यक्ति संक्रमित हुनसक्छ, तपाईंसंग किनमेल गरेको व्यक्ति संक्रमित हुनसक्छ, तपाईलाई फिर्ता आएको पैसा संक्रमितको हुनसक्छ, तपाइलाई भीडमा सामान बेच्ने मान्छे संक्रमित हुनसक्छ, तराजु तथा ढकमा भाइरस हुनसक्छ ….यी हरेक पाइला जोखिमयुक्त छन् | तसर्थ घरमा जे छ त्यहि खाएर तथा सुरक्षित तरिकाले एकै दिनमा धेरै दिन पुग्ने सपिंग गरेर बाहिर कम निस्किनु आबश्यक छ |

– जहाँ लक डाउन हुनुपर्ने हो त्यहाँ भएको छैन | अर्थात बस्ती नहुने मुख्य सडकमा कडा लकडाउन छ भने मान्छेको चहलपहल हुने भित्री बस्तीमा लकडाउनको पालना भएको छैन | सरकारले बस्तीमा कडा गर्नु जरुरी छ |

– बिहान र साँझ घरभित्र बस्ने, दिउँसो सपिंग गर्ने ( १२-२ बजे ) ब्यबस्था मिलाउनु जरुरि छ | यसो भयो भने गर्मीको कारण भाइरस निस्क्रिय हुने समय पनि उपयुक्त हुने तथा दिउँसोमा अनाबश्यक हिंडडुल पनि नहुने हुन्छ |

– खुद्रा तरकारी बजार बन्द गर्नुपर्छ | यसको बिकल्प खुद्रा पसलबाट तरकारी किन्ने गर्ने हो भने भीडभाड हुँदैन |

– जहिलेसम्म भारतमा संक्रमण नियन्त्रण हुँदैन, हामीले त्यो बेलासम्म लकडाउन हुनसक्छ भनेर हरेक हिसाबले तयार हुनुपर्छ | अर्थात नर्मल अबस्थामा फर्किनको लागि धेरै समय लाग्न सक्छ | त्यो अवधिसम्म घरव्यवहार चलाउनको लागि भौतिक तथा मानसिक तयारी अहिलेदेखि नै गर्नु आबश्यक छ | अहिले धेरै खर्च गरेर पछि आफुलाई समस्यामा पार्नु हुँदैन |

– लकडाउनमा पहिलेजस्तो सिस्टम खोजेर हुँदैन | सिमित स्रोतसाधनले ब्यबहार चलाउन अभ्यास गर्नु जरुरी छ |
– सकभर छत, कौसी, करेसाबारी तथा गमलामा तरकारी लगाएर बाहिर जानु नपर्ने अवस्था ल्याउनु आबश्यक छ |

Dr. Rabindra Pandey

(पाण्डे जनस्वास्थ्य विज्ञ हुन् । यो सामाग्रि उनको फेसबूकबाट लिएको हो)