समापन हुँदै क्वारेन्टाइन अभियान नाट्य उत्सव: आज कर्णाली र गुरुकुलको नाटक

कोभिड १९ ले विश्वभरी महामारीको रुप लिइरहेको बेला हामी नेपाली पनि लकडाउनको अवस्थामा छौं l यस अवधिमा क्वारेन्टाइन अभियानलाई सघाउँदै थिएटर मल–कीर्तिपुर रङ्मञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) ले आयोजना गरेको ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०७६’ ले १५ दिन पूरा गरेको छ l

यस अवधिमा मिडियामार्फत यहाँले पुर्याएको योगदानप्रति हार्दिक आभारी छौँ । यहाँले प्रवाह सूचनामार्फत संकटको समयमा रंगमंचसँग जोडिन पाएकोमा उत्साहित हुनुभएका धेरै दर्शकको प्रतिक्रिया प्राप्त भइरहेको छ, यसमा यहाँको ठूलो योगदान छ । लकडाउन लम्बिएसँगै दर्शकको मागअनुसार हामीले उत्सवलाई दोस्रो साता पनि निरन्तरता दिएका थियौँ l

आज १६ औँ दिन नियमित नाटकको भिडियो प्रदर्शनको कार्यक्रम समापन हुँदैछ l यसबारे थप जानकारी पठाएका छौँ l यहाँको महत्वपूर्ण संचारमाध्यममार्फत यो समाचार प्रकाशन/प्रसारण गरि अधिक भन्दा अधिक रंगप्रेमीसमक्ष सूचना पुर्याईदिनु हुन हार्दिक अनुरोध गर्दछौँ l
‘सचेत रहौं, सजग रहौं, संयमति होऔं, नआत्तिऔं, सुरक्षित रहौं ।’