मेष राशिको बार्षिक राशिफल २०७७

तपाईंको लागि यसवर्षका ग्रहगोचरहरु सामान्य रहेकाले यो वर्ष सफलताको आधारमा मध्यमफलदायी हुने देखिन्छ । मन्द गतिले अगाडि बढेको अध्ययनकार्य आषाढमसान्तपछि तीब्रगतिले अगाडि बढ्नेछ । श्रावण उप्रान्त कार्तिक मसान्तसम्मको लागि गुरुको अनुकूलताले गर्दा मानसिक प्रसन्नता बढेर जानुका साथै भाग्यले साथ दिनाले नयाँ काम पाउने संभावना, गरेको काममा पदोन्नति, मान प्रतिष्ठा बढ्नुका साथै सोचेका योजनाहरुमा सफलता मिल्दैजानेछ ।

प्रारम्भमा गर्नआँटेका कामहरुमा केही बाधाअड्चनहरु आइपरेतापनि श्रावण उप्रान्त बृहस्पतिको अनुकूलताले गर्दा सामाजिक एवं धार्मिककामहरुमा गहिरो अभिरुची बढेर जानेछ । सो समयभित्रमा कर्मचारीवर्गको लागि मानसम्मानका साथै पदप्रतिष्ठामा समेत वृद्धि गराउनेछ । वर्षको उत्तरार्धमा युवायुवतीहरुको लागि प्रेम मनोरञ्जनका साथै नयाँ दाम्पत्यजीवनको लगनगाँठो जुर्ने योग समेत रहेकोछ । वर्षको मध्यभागमा वैदेशिक यात्रा एवं भ्रमणका अवसरहरु मिल्नेछन् । दाम्पत्य सम्बन्धमा माधुर्यताको आभास हुनेछ ।