राहातमा कोदो बाँड्दै अन्नपुर्ण गाउँपालिका, कोरोनासंग लड्ने क्षमता बढाउँछ कोदोले ? हेर्नुहोस कस्तो काइदा हुदो रहेछ

प्रलाहद घिमिरे पोखरा,
कोदो स्वास्थ्यवद्र्धूक हो भन्ने त पहिल्यैदेखि नै जनमानसमा छ । अहिले विश्वमा महामारीको रुपमा फैलिरहको भइरहेको नोबेल कोरोना भाइरस प्रतिरोधी क्षमतासमेत कोदोमा रहेको विभिन्न विज्ञहबाट धारणा आएपछि यसको महत्व अरु बढेको हो ।

यही अध्ययन अनुसन्धानलाई मनन गर्दै कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाले मुरीका मुरी कोदो संकलन गरेर गाउँलेलाई बाँढिरहेको छ ।

गाउँपालिकाका ११ वटै वडाबाट करिब १५ सय मुरी कोदो उठाउने लक्ष्य गाउँपालिकाको छ । यसका लागि गाउँपालिकासहित हरेक वडाका प्रतिनिधिलाई खटाइएको गाउँपालिका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो ।

कोदोमा कोरोना ‘कोभिड १९’ सँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता प्रशस्त भएको बिभिन्न स्रोतबाट जानकारी भएकाले सबै गाउँबासीलाई कोदो खान प्रेरित गर्दै अभियान थालिएको अध्यक्ष कुवँरले बताउनु भयो ।