लकडाउनको अभावलाई मध्यनजर गर्दै आँधिखोला पिस युवा क्लब ।

आँधिखोला पिस युथ क्लब बयारघारीले भीरकोट नगरपालिकाको कार्यालयलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । नगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै क्लबका अध्यक्ष राज कुमार गुरुङ्गले खाद्यान्न सामाग्रीहरु नुन, दाल र चामल हस्तान्तरण गरिएको हो ।

भीरकोट नगरपालिका भित्र रहेका अति न्यूनवर्गीय परिवारहरुका लागि राहात स्वरुप खाद्यान्न सामग्री हस्तान्तरण गरेको अध्यक्ष गुरुङ्गले बताउनु भयो । दैनिक ज्याल मजदुरी गर्ने परिवारका लागि लकडाउनले पारेको प्रभावलाई मध्यनजर गर्दै क्लबले नेपाल सरकारको निर्देशन अनुरुप नगरपालिकामा हस्तान्तरण गरेका हौँ -उहाँले भन्नु भयो । खाद्यान्न सामाग्री वितरण गर्ने क्लबको योजनामा साथ दिदै देश तथा विदेशमा रहनु हुनेले समेत आर्थिक सहयोग गरेको उहाँले उल्लेख गर्नु भयो ।

उक्त सामाग्री ग्रहण गर्दै नगरप्रमुख छायाराम खनाल एवं प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद पौडेलले उक्त सामाग्री यथाशिघ्र सम्बन्धित परीवारलाइ वितरण गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ । क्लबले प्रत्येक परिवारको लागि १० किलो चामल, १ किलो नुन र १ किलो दाल गरि ५० परिवारका लागि खाद्यान्न सामाग्री हस्तान्त्रण गरेको छ ।

यसअघि क्लबले स्याङ्गजा जिल्ला कारागारमा २०० पिस मास्क वितरण एवं भीरकोट नगरपालिकाको कार्यालयलाई ७ लिटर सेनिटाइजर र १०० थान मास्क हस्तान्तरण गरेको थियो । त्यस्तै कोरोना भाइरसको रोकथामका लागि भीरकोट नगरपालिका वार्ड न. ८ को टोलटोलमा पुगेर सेनिटाइजर, सावुन तथा मास्क वितरण सहित सचेतना कार्यक्रमको आयोजना समेत गरेको थियो ।

कार्यक्रममा क्लबका उपाध्यक्ष बिश्वास कर्माचार्य, भीरकोट जेसिज् बर्ष २०२० का वरिष्ठ उपाध्यक्ष प्रसुन मगर, क्लबका सह-कोषाध्यक्ष सुजाता गुरुङ सहित नगरपालिकाका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।